बैंकिङ खबर । नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको विक्री मूल्य एक सय १३ रुपैयाँ ४९ पैसा तोकेको छ भने खरिदमूल्य एक सय १२ रुपैयाँ ६५ पैसा निर्धारण गरेको छ । बिहिबार राष्ट्र बैंकले विक्रीमूल्य प्रति अमेरिकी डलरको बिक्री मूल्य एक सय १३ रुपैयाँ २५ पैसा निर्धारण गरेको थियो । बिहीबारको तुलनामा प्रतिडलर मूल्य २४ पैसाले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर बढोत्तरी भएका कारण अमेरिकी डलरको भाउ आकाशिएको हो ।