बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि काम गर्न अनुमति लिएका संस्थाहरुलाई वार्षिक विवरण प्रकाशित गर्न निर्देशन दिएको छ । जसअनुसार, अब इपेमेन्ट, वालेटलगायतका संस्थाहरुले बार्षिक विवरण प्रकाशित गर्नुपर्ने भएको छ ।
यस्तो विवरण असार मसान्तलाई आधार मानेर प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, संस्थाको सञ्चालक समितिबाट बार्षिक आर्थिक कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरी त्यसको जानकारी समेत राष्ट्र बैंकलाई दिनुपर्नेछ। आर्थिक वर्ष सकिएको चार महिनाभित्र लेखापरिक्षण गरिसक्नुपर्नेछ भने लेखापरीक्षण प्रतिवेदन संस्थापको सञ्चालक समितिबाट निर्णय गरी एक महिनाभित्र राष्ट्र बैंकमा बुझाउनु पर्छ।