बैंकिङ खबर । सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक अनिवार्य रुपमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने व्यवस्थालाई मध्येनजर गरी जनता बैंक नेपाल लिमिटेडले मेरो तलव खाता संचालनमा ल्याएको छ । श्रमिक/कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित यो खाता संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
वार्षिक सात प्रतिशत व्याजदर भएको यो खाता शुन्य मौज्दातमा खोल्न सकिन्छ भने दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी हुने बैंकले जनाएको छ । यो खाता खोल्ने ग्राहकका लागि निःशूल्क भिसा डेबिट कार्ड दुई वर्षका लागि, निःशुल्क दुर्घटना (मृत्यु)बीमा सुविधा सात लाखसम्म, निःशुल्क एबिबिएस सुविधा दुई लाख रुपैयाँसम्म, निःशुल्क चेकका साथमा स्टेटमेन्ट(अन डिमाण्ड तथा आस्वा सेवाको समेत सुविधा रहेको छ ।
संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । साथै, श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी÷श्रमिकको संचयकोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनी प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल देशभरीका १२२ शाखा संजाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।