August 26th, 2018

एक महिनामा जीवन बीमा कम्पनीका ४९ शाखा थपिए

बैंकिङ खबर । एक महिनामा जीवन बीमा कम्पनीहरुका ४९ शाखा थपिएका छन् । संचालनमा रहेका १८ जीवन बीमा कम्पनीको शाखा संख्या गत असार मसान्तसम्मा एक हजार ३८ वटा पुगेको छ । जेठ मसान्तमा मुलुकभर जीवन बीमा कम्पनीका नौ सय ८९ शाखा संचालनमा थिए ।

शाखा विस्तारसँगै जीवन बीमा कम्पनीमा रोजगारीको अवसर पनि बढेको छ । एक महिनामा १५४ जना थप कर्मचारी नियुक्त भएका छन् । जेठ मसान्तमा जीवन बीमा कम्पनीहरुमा तीन हजार दुई सय ३४ कर्मचारी कार्यरत रहेकोमा असार मसान्तसम्ममा तीन हजार तीन सय ८८ पुगेका छन् । त्यस्तै, अभिकर्ता संख्या एक महिनामा ८५ हजार १२ जना बढेर तीन लाख ८६ हजार नौ सय ६५ जना पुगेको छ ।  

जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा एक अर्ब ७७ खर्ब ८१ करोड ८६ लाख रुपैयाँ लगानी गरेका छन्, जुन जेठ मसान्तको तुलनामा ८५ हजार रुपैयाँ बढी हो । जेठ मसान्तमा जीवन बीमा कम्पनीहरुको लगानी एक खर्ब ६९ अर्ब २५ करोड पाँच लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, बीमा शूल्क जेठ मसान्तको ३५ अर्ब नौ करोड ९७ लाख रुपैयाँको तुलनामा तीन अर्ब ९८ करोड ७६ लाख रुपैयाँ वृद्धि भई ३९ अर्ब आठ करोड ७३ लाख रुपैयाँ पुगेको छ । जसमध्ये, म्यादी जीवन बीमाबाट दुई अर्ब ७९ करोड ८२ लाख रुपैयाँ आर्जन गभएको छ भने अन्य जीवन बीमाबाट ३६ अर्ब २८ करोड ९१ लख रुपैयाँ आर्जन भएको छ । 

असारसम्म दुई लाख १३ हजार दुई सय ६२ वटा बीमा लेख जारी भएको छ । जसमध्ये, म्यादी जीवन बीमा लेख ४४ हजार सात सय ४८ रहेको छ भने अन्य जीवन बीमा लेखको संख्या एक लाख ६८ हजार पाँच सय १४ रहेको छ । 

सो अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी तीन अर्ब २० करोड ७१ लाख रुपैयाँ वृद्धि भएको छ । हाल संचालनमा रहेका कुल १८ वटा जीवन बीमा कम्पनीको असार मसान्तमा चुक्तापुँजी २५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । जेठ मसान्तमा कम्पनीहरुको चुक्तापुँजी २२ अर्ब २१ करोड २९ लाख रुपैयाँ थियो ।

असार मसान्तसम्ममा कुल २५ हजार ९ सय ७८ वटा बीमा दाबी परेको छ । यसमध्ये, २४ हजार ४ सय ३८ वटा दाबीको भुक्तानी भइसकेको छ । एक हजार पाँच सय ४० वटा दाबी भुक्तानी गर्न बाँकी छ । कुल चार अर्ब २९ करोड रुपैयाँ बराबरको दाबी परेकोमा तीन अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको हो । ५१ करोड ८२ लाख रुपैयाँ बराबरको दाबी भने भुक्तानी गर्न बाँकी रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]