बैंकिङ खबर । राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंक विलय हुने भएको छ । ओमलाई प्राइम कमर्सियल बैंकले खरिद गर्न लागेको हो । दुई बैंकबीच एक्विजिसनसम्बन्धी सम्झौता भइसकेको छ । सेयर स्वाप अनुपात भने तय भइसकेको छैन ।
मंसिरभित्रमा एक्विजिसन प्रक्रिया सक्ने गरी काम भइरहेको ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए । राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि प्राइम बैंकको चुक्तापुँजी १० अर्ब पुग्नेछ । अहिले प्राइमको चुक्तापुँजी आठ अर्ब छ भने ओमको चुक्तापुँजी दुई अर्ब ५१ करोड रहेको छ ।
ओमको विलयपछि राष्ट्रिय स्तरका विकास बैंकको संख्या १० मा झर्नेछ ।