August 24th, 2018

राष्ट्रिय बीमा कम्पनीले माग्यो ३८ जना कर्मचारी

बैंकिङ खबर । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले व्यवस्थापकदेखि सहायक स्तरको पदमा ३८ जनाका लागि जागिर खुलाएको छ । खुला प्रतिस्पर्धाबाट ९औं तहदेखि ४औं तहको लागि खुला तथा समावेशी समुहमा पदपुर्ति गर्नका लागि कम्पनीले दरखास्त आह्वान गरेको हो ।

नवौं तहको व्यवस्थापक पदमा कम्पनीले एक जना महिला र एक जना पुरुष माग गरेको छ । यसको लागि स्नातकोत्तर गरी संघठित संस्था वा अन्तराष्ट्रिय संघ संस्थामा अधिकृत स्तरमा ७ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । 

त्यस्तै,  ८औं तहको सह व्यवस्थापकमा ४ जना माग गरिएको छ । यसका लागि  व्यवस्थापक जतिकै शैक्षिक योग्यताका साथै न्युनतम ५ वर्ष काम गरेको अनुभव हुनु पर्छ । 

७औं तहको ब्यवस्थापकमा दुई जना कर्मचारी माग गरिएको छ । यसको लागि तोकिएका विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ । ७औं तहकै नायव व्यवस्थापक पदका लागि एक जना चार्टर्ड एकाउण्टेड र एक जना कम्प्युटर इन्जिनियर माग गरिएको छ। कम्प्युटर इन्जिनियरको हकमा स्नातक गरि कम्तिमा ४ वर्षको कार्यअनुभव मागिएको छ ।

छैठौं तहको सहायक व्यवस्थापकको लागि १० जना मागिएको छ । यसको लागि तोकिएका विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ । 

५औं तहको सहायक ’क’ पदको लागि ५ जना माग गरिएको छ । यसको लागि तोकिएको विषयमा स्नातक गरेको हुनु पर्नेछ । त्यस्तै, सहायक ’ख’ पदको लागि ११ जना लेखा वा सुचना प्रविधिमा प्लस टु गरेको हुनु पर्छ । त्यस्तै यसै तहमा दुई जना जेटिए प्राविधक माग गरिएको छ ।

सहायक ’ख’ स्तरमा नै एक जना पशु प्रविधिक र एक जना कृषि प्राविधिक माग गरिएको छ । अधिकृत स्तरको पदका लागि २१ देखि ३५ वर्ष समुहकाले आवदेन दिन सक्नेछन् । योग्यता पुगेका इच्छुक आवेदकले कम्पनीको प्रधान कार्यालय रामशाहपथ काठमाडौंमा भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]