August 23rd, 2018

पुनर्बिमा कम्पनीले एक करोड ६० लाख कित्ता आईपिओ जारी गर्ने

बैंकिङ खबर । नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ)  निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । सेयर निष्काशनका लागि कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्व , जारी पूँजी १० अर्व, र चुक्ता पूँजी ८ अर्व ४० करोड रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ । सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत नेपाल सरकारको समेत स्वामित्व रहेको छ । कम्पनीले स्वदेशका जिवन तथा निर्जीवन बीमा कम्पनी र बिदेशी बीमा तथा पुनर्बीमा कम्पनीहरु संग कारोवार गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]