यस्तो छ, देशको आर्थिक तथा वित्तीय स्थिति

August 22, 2018

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर आर्थिक एवम् वित्तीय स्थितीको प्रतिवेदन सार्वननिक गरेको छ :
 
परिदृश्य

१. पछिल्लो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम् मौसमी अवस्थामा भएको विकासक्रमले आर्थिक वर्ष २०७५/७६ मा देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने देखिएको छ । राष्ट्रिय अर्थतन्त्रतर्फ, निर्वाचन सम्पन्न भएको, तीनै तहका सरकारहरु गठन भई बजेट समेत कार्यान्वयनमा आइसकेकाले आर्थिक गतिविधि विस्तारका लागि सकारात्मक वातावरण सृजना भएको छ । त्यसैगरी, समयमै पर्याप्त मनसुनी वर्षा भएको कारण ९५ प्रतिशत भन्दा बढी धान रोपार्इं सम्पन्न भएकोले यस वर्ष धानको उत्पादन उल्लेख्य हुने देखिन्छ । 
२. अघिल्लो वर्ष १.५ प्रतिशतले ऋणात्मक रहेको धानको उत्पादन यस वर्ष उत्साहप्रद हुने अनुमानसँगै कृषि क्षेत्रको वृद्धि उच्च रहने देखिएकाले अघिल्ला वर्षहरुको उत्साहजनक आर्थिक वृद्धिले आर्थिक वर्ष २०७५/७६ मा पनि निरन्तरता पाउने देखिन्छ । उदाहरणको लागि आर्थिक वर्ष २०७४ मा उत्पादकको मूल्यमा ७.९ प्रतिशतले वृद्धि भएको कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०७४/७५ मा ६.३ प्रतिशतले बढ्ने केन्द्रीय तथ्याङ्क विभागको अनुमान सार्वजनिक भइसकेको छ । 
३. आर्थिक वर्ष २०७४/७५ मा ४.२ प्रतिशत रहेको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४.५ प्रतिशतको तुलनामा केही न्यून रहेतापनि २०७५ असार महिनामा विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । विश्व मुद्रास्फीति स्थिति लगायत विदेशी विनिमय दरमा देखिएको उतार–चढावले मुद्रास्फीतिमा चाप पार्न सक्ने जोखिम रहेको छ ।
४. आर्थिक वर्ष २०७४/७५ मा चालू खाता घाटा थप विस्तार भई रु.२४५ अर्ब (कुल गार्हस्थ्य उत्पादनको ८.२ प्रतिशत) पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.१० अर्ब (कुल गार्हस्थ्य उत्पादनको ०.४ प्रतिशत) रहेको थियो । आर्थिक वर्ष २०७४/७५ मा देशको समग्र शोधनान्तर रु.९६ करोडले बचतमा छ । 
५. तरलतामा उतार–चढावको स्थिति रहेतापनि कर्जा प्रवाह आर्थिक वर्ष २०७४ को १८.२ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा २२.५ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कर्जा प्रवाह २२.५ प्रतिशतले बढेको तुलनामा निक्षेप १९.२ प्रतिशतले मात्र बढ्नुले वित्तीय अवस्था अझै कसिलो रहेको देखाउँछ । विप्रेषण आप्रवाहको वृद्धिदर र पूँजीगत खर्चको अवस्थाले आगामी समयमा वित्तीय स्थितिको दिशा निर्धारण गर्ने देखिन्छ ।

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 

६. आर्थिक वर्ष २०७४/७५ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्ष सो मुद्रास्फीति ४.५ प्रतिशत रहेको थियो । समीक्षा वर्षको औसत मुद्रास्फीति आर्थिक वर्ष २०६१/६२ पछिको सबैभन्दा न्यून हो । आपूर्ति व्यवस्थापनमा आएको सुधार तथा भारतमा समेत न्यून मूल्यवृद्धि रहेको कारण समीक्षा वर्षमा समग्र उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । 
७. २०७५ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो। वार्षिक औसतभन्दा विन्दुगत मुद्रास्फीति बढी हुनुले आगामी दिनमा मुद्रास्फीति दवावमा रहन सक्ने जोखिमको संकेत गर्दछ ।
८. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति हिमालमा ५.९ प्रतिशत, पहाडमा ४.६ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति हिमालमा ४.१ प्रतिशत, पहाडमा ६.४ प्रतिशत, तराईमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा ३.१ प्रतिशत रहेको थियो ।

नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर 
९. २०७५ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.६ प्रतिशत र भारतमा ४.२ प्रतिशत रहेकोले यी दुई मुलुकहरुबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः २.७ प्रतिशत र २.४ प्रतिशत रही मुद्रास्फीति अन्तर ०.३ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
१०. समीक्षा वर्षमा वार्षिक औसत थोक मुद्रास्फीति १.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा कृषिजन्य वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्कमा ०.३ प्रतिशतले ह्रास आएको छ भने स्वदेशमा उत्पादित वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क ५.३ प्रतिशतले र आयातीत वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क ४.१ प्रतिशतले वृद्धि भएको छ । 

राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
११. समीक्षा वर्षमा वार्षिक औसत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ६.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष उक्त सूचकाङ्क १४.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा तलब सूचकाङ्कको वृद्धिदर ९.६ प्रतिशत रहेको छ भने ज्यालादर सूचकाङ्कको वृद्धिदर ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष तलव सूचकाङ्क र ज्यालादर सूचकाङ्कको वार्षिक औसत वृद्धिदर क्रमशः १८.३ प्रतिशत र १३.४ प्रतिशत रहेको थियो । समीक्षा वर्षमा ज्यालादर अन्तर्गत कृषि मजदुर, निर्माण मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्कको वार्षिक औसत वृद्धिदर क्रमशः ५.६ प्रतिशत, ५.२ प्रतिशत र ४.६ प्रतिशत रहेको छ ।

वाह्य क्षेत्र 
वैदेशिक व्यापार 

१२. आर्थिक वर्ष २०७४/७५ मा कुल वस्तु निर्यात ११.१ प्रतिशतले वृद्धि भई रु. ८१ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १२.४ प्रतिशतले, चीनतर्फ ४३.३ प्रतिशतलेर अन्य मुलुकतर्फ ७.५ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलैँची, पोलिष्टर यार्न, जुटको बोरा, जस्तापाता, धागो, लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुटको डोरी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१३. समीक्षा अवधिमा कुल वस्तु आयात २५.५ प्रतिशतले बढेर रु. १२४२ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २७.८ प्रतिशतले, चीनबाट भएको आयात २५.५ प्रतिशतले र अन्य मुलुकबाट भएको आयात १९.३ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, हटरोल सिटईन क्वाईल लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, सेनिटरीवेयर्स, खाने तेल, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ । 
१४. भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१५. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २६.७ प्रतिशतले विस्तार भई रु. ११६१ अर्ब ६४ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.५ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.४ प्रतिशत रहेको थियो । 

निर्यात आयात मूल्य सूचकाङ्क 
१६. आर्थिक वर्ष २०७४७५ को वार्षिक भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा २०७५ असारमा १०.३ प्रतिशतले बढेको र आयात मूल्य सूचकाङ्क १२.५ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा २ प्रतिशतले ह्रास आएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त १.२ प्रतिशतले घटेको थियो । कार्पेट, पश्मिना, अलैची, चियापत्ती कत्था, लगायतका वस्तुहरुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकाङ्क वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटप लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्क बढेको हो । 

सेवा 
१७. समीक्षा वर्षमा कुल सेवा आय १२.१ प्रतिशत र कुल सेवा खर्च १२.९ प्रतिशतले बढेको कारण खुद सेवा आय रु.२ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष यस्तो बचत रु.२ अर्ब ८९ करोड रहेको थियो । 
१८. समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय १४.६ प्रतिशतले वृद्धि भई रु.६७ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ४०.१ प्रतिशतले बढेको थियो । त्यसैगरी, भ्रमण खर्चमा समीक्षा वर्ष ०.४ प्रतिशतले कमी आई रु.७९ अर्ब ६० करोडमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आय ४१.७ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
१९. समीक्षा वर्षमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु.७५५ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.६ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष २६.३ प्रतिशत रहेको विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात समीक्षा वर्षमा २५.१ प्रतिशत रहेको छ । 
२०. समीक्षा अवधिमा खुद ट्रान्सफर आप्रवाह १.५ प्रतिशतले बढी रु.८६४ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९.५ प्रतिशतले बढेको थियो । 
२१. श्रम स्वीकृति (पुनः श्रमस्वीकृति बाहेक)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा मलेसिया, संयुक्त अरब ईमिरेट्स, कुवेत लगायतका देशमा जाने कामदारको संख्यामा वृद्धि भएको छ भने साउदी अरेविया, कतार लगायतका देशमा जाने कामदारको संख्यामा गिरावट आएको छ ।

चालू खाता एवम् शोधनान्तर 
२२. अघिल्लो वर्ष रु.१० अर्ब १३ करोडले घाटामा रहेको चालू खाता घाटा समीक्षा वर्षमा उल्लेख्य विस्तार भई रु.२४५ अर्ब २२ करोड पुगेको छ । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा औद्योगिक सामाग्री लगायतको उच्च आयातका कारण चालू खाता उल्लेख्य घाटामा रहेको हो । त्यसैगरी, अघिल्लो वर्ष रु.८२ अर्ब ११ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा वर्षमा रु.९६ करोडले बचतमा रहेको छ । 
२३. समीक्षा वर्षमा पूँजीगत ट्रान्सफर रु.१७ अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षमा यस्तो आप्रवाह रु.१३ अर्ब ३६ करोड रहेको थियो । 
२४. समीक्षा वर्षमा रु.१७ अर्ब ५१ करोडको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह रु.१३ अर्ब ५० करोड रहेको थियो । समीक्षा वर्षमा भएको वैदेशिक लगानी आप्रवाहको अधिकांश हिस्सा उर्जा, सिमेन्ट, होटल लगायतका उद्योगहरुमा भएको छ । 

विदेशी विनिमय सञ्चिति 
२५. कुल विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तको रु.१०७९ अर्ब ४३ करोडबाट २.१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तमा रु.११०२ अर्ब ५९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु.९२७ अर्ब २७ करोडको तुलनामा २०७५ असार मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई रु.९८९ अर्ब ४० करोड रहेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २३.८ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२६. आर्थिक वर्ष २०७४/७५ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७५ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४०.८ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए । 

वैदेशिक सम्पत्ति तथा दायित्व स्थिति 
२७. २०७५ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु.११३८ अर्ब २४ करोड तथा दायित्व रु.८१९ अर्ब ९७ करोड रहेको छ । फलस्वरुप खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रु.३१८ अर्ब २७ करोड रहेको छ । २०७४ असार मसान्तमा यस्तो रकम रु.४३० अर्ब ७६ करोड रहेको थियो ।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२८. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७४ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४७.८९ रहेकोमा २०७५ असार मसान्तमा ४८.३ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ७१.०३ कायम भएको छ । त्यसैगरी, २०७४ असार मसान्तमा सुनको मूल्य प्रति आउन्स अमेरिकी डलर १२३०.३० रहेकोमा २०७५ असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १२४१.१० कायम भएको छ । 

विनिमय दर 
२९. २०७४ असार मसान्तको तुलनामा २०७५ असार मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ५.९ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्ष नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.८ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७५ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१०९.३४ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु.१०२.८६ रहेको थियो । 

सरकारी वित्त स्थिति 
सरकारी राजस्व 

३०. आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारको राजस्व १९.२ प्रतिशतले वृद्धि भई रु.७२६ अर्ब ८ करोड पुगेको छ । उक्त राजस्व बजेट लक्ष्य रु.७३० अर्ब ६ करोडको ९९.५ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष सरकारको राजस्व २६.४ प्रतिशतले वृद्धि भई रु.६०९ अर्ब १२ करोड पुगेको थियो । समीक्षा वर्षमा राजस्व÷कुल गार्हस्थ्य उत्पादन अनुपात २४.१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७४ मा यस्तो अनुपात २३.० प्रतिशत रहेको थियो । 
३१. राजस्वका शीर्षकहरूमध्ये मूल्य अभिवृद्धि कर राजस्व समीक्षा वर्षमा २९.० प्रतिशतले वृद्धि भई रु.२०६ अर्ब ७९ करोड परिचालन भएको छ । अघिल्लो वर्ष सो राजस्व ३१.० प्रतिशतले वृद्धि भई रु.१६० अर्ब ३२ करोड पुगेको थियो । 
३२. समीक्षा वर्षमा आयकर राजस्व ७.९ प्रतिशतले वृद्धि भई रु.१५९ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो राजस्व २६.३ प्रतिशतले वृद्धि भई रु.१४८ अर्ब २४ करोड पुगेको थियो ।
३३. समीक्षा वर्षमा भन्सार महसूलबाट प्राप्त हुने राजस्व २१.७ प्रतिशतले वृद्धि भई रु.१३७ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्ष सो राजस्व ३७.८ प्रतिशतले वृद्धि भई रु.११३ अर्ब १८ करोड रहेको थियो । 
३४. समीक्षा वर्षमा अन्तःशुल्क परिचालन २१.१ प्रतिशतले वृद्धि भई रु.१०२ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष अन्तःशुल्क २८.७ प्रतिशतले वृद्धि भई रु.८४ अर्ब ६८ करोड पुगेको थियो । 
३५. समीक्षा वर्षको कुल राजस्व परिचालनमा मूल्य अभिवृद्धि करको अंश सबैभन्दा बढी अर्थात् २८.२ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः आयकर (२१.८ प्रतिशत), भन्सार महसूल (१८.८ प्रतिशत) र अन्तःशुल्क (१४.० प्रतिशत) रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः २६.३ प्रतिशत, २४.३ प्रतिशत, १८.६ प्रतिशत र १३.९ प्रतिशत रहेका थिए । 
३६. समीक्षा वर्षमा गैर–कर राजस्व परिचालन १७.९ प्रतिशतले वृद्धि भई रु.७२ अर्ब ७४ करोड पुगेकोछ । अघिल्लो वर्ष गैर–कर राजस्व १.४ प्रतिशतले वृद्धि भई रु.६१ अर्ब ६९ करोड पुगेको थियो । 
३७. समीक्षा वर्षमा कुल राजस्वमा कर राजस्वको अंश ९०.१ प्रतिशत र गैर–कर राजस्वको अंश ९.९ प्रतिशत रहेको छ । त्यसैगरी, कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३२.२ प्रतिशत र अप्रत्यक्ष कर राजस्वको अंश ६७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष कुल राजस्वमा कर राजस्वको अंश ८९.९ प्रतिशत र गैर–कर राजस्वको अंश १०.१ प्रतिशत रहेको थियो भने कर राजस्वमा प्रत्यक्ष कर राजस्वको अंश ३४.६ प्रतिशत र अप्रत्यक्ष कर राजस्वको अंश ६५.४ प्रतिशत रहेको थियो ।

सरकारी खर्च 
३८. आर्थिक वर्ष २०७४/७५ मा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च २६.२ प्रतिशतले वृद्धि भई रु.१०२९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष कुल सरकारी खर्च ४०.२ प्रतिशतले वृद्धि भई रु.८१५ अर्ब ७० करोड पुगेको थियो । 
३९. आर्थिक वर्ष २०७४/७५ मा नगद प्रवाहमा आधारित चालू खर्च ३२.४ प्रतिशतले वृद्धि भई रु.६८० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष चालूखर्च ४०.९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा चालू खर्च बजेट अनुमानको ८४.७ प्रतिशत भएको छ । 
४०. समीक्षा वर्षमा नगद प्रवाहमा आधारित पूँजीगत खर्च अघिल्लो वर्षको तुलनामा २०.४ प्रतिशतले वृद्धि भई रु.२३९ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्ष पूँजीगत खर्च ७२.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा वर्षमा पूँजीगत खर्च बजेट अनुमान रु.३३५ अर्ब १८ करोडको ७१.६ प्रतिशत भएको छ । 
४१. आर्थिक वर्ष २०७४/७५ मा नगद प्रवाहमा आधारित वित्तीय व्यवस्था अन्र्तगतको खर्च ५.८ प्रतिशतले वृद्धि भई रु.१०८ अर्ब ८० करोड पुगेको छ । उक्त रकम बजेट अनुमानको ७७.६ प्रतिशत हुन आउँछ

बजेट घाटा 
४२. आर्थिक वर्ष २०७४/७५ मा नगद प्रवाहमा आधारित बजेट घाटा रु.२६८ अर्ब ८५ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.१८८ अर्ब ६९ करोड रहेको थियो । आर्थिक वर्ष २०७४/७५ मा कुल गार्हस्थ्य उत्पादनसँग बजेट घाटाको अनुपात ८.९ प्रतिशत रहेको छ । 

न्यून वित्त पूर्तिका स्रोतहरु 
४३. आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारले न्यून वित्त पूर्ति गर्न कुल आन्तरिक ऋण रु.१४४ अर्ब ७५ करोड परिचालन गरेको छ । सोही वर्ष रु.३७ अर्ब ५६ करोड आन्तरिक ऋण भुक्तानी भएकाले रु.१०७ अर्ब १९ करोड (कुल गार्हस्थ्य उत्पादनसँगको ३.६ प्रतिशत) खुद आन्तरिक ऋण परिचालन भएको छ । अघिल्लो वर्ष रु.४९ अर्ब ५५ करोड (कुल गार्हस्थ्य उत्पादनसँगको १.९ प्रतिशत) खुद आन्तरिक ऋण परिचालन भएको थियो । समीक्षा वर्षको अन्त्यमा नेपाल सरकारको नेपाल राष्ट्र बैंकसँग रु.१२६ अर्ब १५ करोड नगद मौज्दात रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो बचत रु.१०६ अर्ब २७ करोड रहेको थियो । 
४४. आर्थिक वर्ष २०७४/७५ मा नेपाल सरकारले रु. २१४ अर्ब ३ करोडको वैदेशिक ऋण परिचालन गर्ने अनुमान रहेकोमा महालेखा नियन्त्रकको कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार यस्तो ऋण रु.९३ अर्ब ४० करोड परिचालन भएको छ । उक्त ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष रु.५८ अर्ब १ करोड बराबरको वैदेशिक ऋण परिचालन भएको थियो । समीक्षा वर्षमा रु.१८ अर्ब ५९ करोड वैदेशिक ऋणको भुक्तानी भएको छ भने अघिल्लो वर्ष रु.२२ अर्ब ७० करोड बराबरको वैदेशिक ऋण भुक्तानी भएको थियो । 

सरकारी ऋण 
४५. २०७५ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु.५०३ अर्ब ६३ करोड र आन्तरिक ऋण रु.३९० अर्ब ९० करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण रु.८९४ अर्ब ५३ करोड पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा कुल सरकारी ऋण÷कुल गार्हस्थ्य उत्पादन अनुपात २९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात २६.४ प्रतिशत रहेको थियो (बक्स ७) ।

संघीयतामा राजस्वको अधिकार तथा बाँडफाँट 
४६. नेपालको संविधान २०७२ बमोजिम संघ, प्रदेश र स्थानीय तहको अधिकार, राजस्व बाँडफाँट, अनुदान, ऋण, बजेट व्यवस्थापन, सार्वजनिक खर्च तथा वित्तीय अनुशासन सम्बन्धमा व्यवस्था गर्नको लागि जारी भएको अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले तीनवटै तहका सरकारको राजस्वको अधिकार र बाँडफाँट निर्धारण गरेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 

४७. आर्थिक वर्ष २०७४/७५ मा विस्तृत मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १५.५ प्रतिशतले बढेको थियो । 
४८. समीक्षा वर्षमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.९६ करोड (०.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्ष उक्त सम्पत्ति रु.८२ अर्ब ११ करोड (८.६ प्रतिशत) ले बढेको थियो । 
४९. समीक्षा वर्षमा सञ्चित मुद्रा ८.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्रा २०.१ प्रतिशतले बढेको थियो । 

कुल आन्तरिक कर्जा 
५०. आर्थिक वर्ष २०७४/७५ मा कुल आन्तरिक कर्जा २४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा २०.६ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी १८.० प्रतिशतले बढेको थियो ।

निक्षेप संकलन 
५१. समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १४.० प्रतिशतले बढेको थियो । २०७४ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३५.४ प्रतिशत र ४३.२ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
५२. समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १८.२ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २२.३ प्रतिशतले, विकास बैंकहरुको २५.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १६.१ प्रतिशतले बढेको छ । 
५३. समीक्षा वर्षमा कृषि क्षेत्रतर्फको कर्जा ५०.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १९.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २२.४ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा २६.३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६.७ प्रतिशतले बढेको छ । 
५४. आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १३.९ प्रतिशत रहेको थियो । 
५५. समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७६.५ प्रतिशतले बढी रु.११३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ११.२ प्रतिशतले घटेको थियो । 
५६. समीक्षा वर्षमा हायर पर्चेज कर्जा १४.५ प्रतिशतले र ओभरड्राफ्ट कर्जा १४.४ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा वर्षमा रु.१ करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जा २०.२ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.० प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
५७. आर्थिक वर्ष २०७४/७५ मा खुला बजार कारोबारमार्फत् पटक/पटक गरी रु.१०७ अर्ब ३४ करोड तरलता प्रवाह भएको छ । यस अन्तर्गत रिपो बोलकबोलमार्फत् कुल रु.६९ अर्ब ७२ करोड र सोझै खरीद बोलकबोलमार्फत् ३७ अर्ब ६२ करोड तरलता प्रवाह भएको छ । साथै, समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले पटक/पटक गरी रु.३८ अर्ब ३३ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन् । 
५८. आर्थिक वर्ष २०७४/७५ मा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ४ अर्ब ५ करोड खुद खरिद गरी रु.४२२ अर्ब ३४ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब ११ करोड खुद खरिद भई रु.४३५ अर्ब ८६ करोड खुद तरलता प्रवाह भएको थियो । 
५९. आर्थिक वर्ष २०७४/७५ मा खुलाबजार कारोबारमार्पmत् रु.१९५ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१२४ अर्ब ४५ करोड तरलता प्रशोचन गरिएको थियो ।
६०. समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब ७६ करोड, यूरो ६ करोड र पाउन्ड स्र्टलिङ्ग ११ करोड बिक्री गरी रु.५२२ अर्ब ३ करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब १२ करोड र यूरो १२ करोड बिक्री गरी रु.४५१ अर्ब ८९ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
६१. २०७४ असार मसान्तमा रु.६ अर्ब ९४ करोड पुनरकर्जा लगानीमा रहेकोमा २०७५ असारमा रु.१२ अर्ब २३ करोड पुनरकर्जा लगानीमा रहेको छ । 
६२. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत आर्थिक वर्ष २०७४ सम्म रु.७९ करोड ९० लाख पुनरकर्जा स्वीकृत भएकोमा २०७४/७५ सम्ममा रु.१ अर्ब ७९ करोड २४ लाख स्वीकृत भएको छ । यस्तो कर्जा १०६७ जनाले उपयोग गरेका छन् । 

अन्तर–बैंक कारोबार 
६३. आर्थिक वर्ष २०७४/७५ मा वाणिज्य बैंकहरूले रु.११६१ अर्ब ३१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु.४९ अर्ब ४३ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्ष वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु.१०६२ अर्ब ४ करोड र रु.३८१ अर्ब २ करोडको यस्तो कारोबार गरेका थिए । 

ब्याजदर 
६४. २०७४ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.७१ प्रतिशत रहेकोमा २०७५ असारमा ३.७४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७४ असारको ०.६४ प्रतिशतको तुलनामा २०७५ असारमा २.९६ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरू बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ असारको ४.४७ प्रतिशतको तुलनामा २०७५ असारमा ५.४० प्रतिशत पुगेको छ । 
६५. २०७५ असारमा वाणिज्य बैंकहरूको भारित औसत निक्षेप दर ६.४९ प्रतिशत र कर्जा दर १२.४७ प्रतिशत रहेका छन् । २०७४ असारमा यी दरहरु क्रमशः ६.१५ प्रतिशत र ११.३३ प्रतिशत रहेका थिए । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७४ असारको ९.८९ प्रतिशतको तुलनामा २०७५ असारमा १०.४७ प्रतिशत कायम हुन आएको छ । 

मर्जर/प्राप्ति 
६६. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गरे पश्चात्२०७५ असार मसान्तसम्म कुल १६२ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १२१ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएका छन् ।

वित्तीय पहुँच 
६७. यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७४ असार मसान्तमा १४९ रहेकोमा २०७५ असार मसान्तमा १५१ पुगेको छ । यस अनुसार २०७४ असार मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २५ वित्त कम्पनी र ६५ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७४ असार मसान्तमा ५०६८ रहेकोमा २०७५ असार मसान्तमा ६६५१ पुगेको छ । 
६८. संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ असार मसान्तसम्म ६३१ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति बक्स १० मा प्रस्तुत गरिएको छ । 

निक्षेप तथा कर्जा सुरक्षण
६९. निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७५ असार मसान्तसम्ममा ८९ बैंक तथा वित्तीय संस्थाहरुमा १ करोड ९३ लाख प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दति निक्षेप रकम रु.४३० अर्ब ७४ करोड बराबरको निक्षेप सुरक्षण गरेको छ । २०७४ असारमसान्तमा १ करोड ५३ लाख निक्षेपकर्ताहरुको रु.३८१ अर्ब ८९ करोड बराबरको निक्षेप सुरक्षण गरिएको थियो । 
७०. निक्षेप तथा कर्जा सुरक्षण कोषले २०७५ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको रु.१२ अर्ब ३५ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा सुरक्षण गरेको छ । २०७४ असारमसान्तमा रु.९ अर्ब ४६ करोड बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो । 

कालोसूचीमा परेका ऋणीहरु 
७१. बैंक तथा वित्तीय संस्थाहरुको अनुरोधमा कर्जा सूचना केन्द्रबाट कालोसूचीमा परेका ऋणीहरुको संख्या विगत केही वर्षयता बढेको देखिएको छ । २०७४ असारमा ५२४७ ऋणीहरु कालोसूचीमा रहेकोमा २०७५ असारमा यस्तो संख्या ६२४१ पुगेको छ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुले ऋणी छनौट गर्दा थप ध्यान पुर्याउनुपर्ने देखिएको छ ।

पुँजी बजार 
७२. नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा २३.४ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा सीमित भएको छ । २०७४ असार मसान्तमा उक्त सूचकाङ्क ७.९ प्रतिशतले ह्रास भई १५८२.७ विन्दु कायम भएको थियो । 
७३. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २२.७ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा रु.१४३५ अर्ब १४ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ असार मसान्तमा १.८ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७०.३ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८०.५ प्रतिशत रहेको छ भने जलविद्युत्क्षेत्रको ४.७ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.८ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको १०.२ प्रतिशत रहेको छ । 
७४. २०७५ असारमा कुल शेयर कारोबार रकम २०७४ असारको तुलनामा ४६.२ प्रतिशतले ह्रास भई रु.६ अर्ब ६३ करोड कायम भएको छ । यस्तो कारोबार रकम २०७४ असारमा ६१ प्रतिशतले ह्रास भई रु.१२ अर्ब ३३ करोड रहेको थियो । 
७५. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ असार मसान्तमा १९६ रहेको छ । २०७४ असार मसान्तमा यस्तो संख्या २०८ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये १४७ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन्भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १९ वटा जलविद्युत्कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । 
७६. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २१.६ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तमा रु.३५२ अर्ब ९ करोड पुगेको छ । समीक्षा अवधिमा रु.३० अर्ब ८३ करोड बराबरको साधारण शेयर, रु.३६ अर्ब १४ करोड बराबरको हकप्रद शेयर, रु.२७ अर्ब ४७ करोड बराबरको बोनस शेयर र रु.३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्र समेत गरी कुल रु.१३१ अर्ब ५३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *