Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको छलाङ : निक्षेपमा मात्रै ४२.६६ प्रतिशतको वृद्धि

२०७५ भाद्र ६ गते

बैंकिङ खबर । एनआईसी एशिया शाखा संजाल, निक्षेप संकलन र कर्जा लगानीको हिसाबले निजी क्षेत्रकै सबैभन्दा ठुलो तथा नेपालकै दोस्रो ठुलो बैंक हो । शाखा संजालका हिसाबले कृषि विकास बैंक पछाडीको ठुलो बैंक निक्षेप तथा कर्जा लगानीको हिसाबले राष्ट्रि««य वाणिज्य बैंकभन्दा पछाडी रहेको छ । 

निक्षेपमा उल्लेख्य वृद्धि
एनआईसी बैंकले एक बर्षको अवधिमा ४२.६६ प्रतिशलले निक्षेपमा वृद्धि गरेको छ । बैंक पनि साथि पनि भन्ने नारा लिएर सर्बसाधारण माझमा गएको बैंकले २०७४ असार मासन्तमा ८६ अर्ब ६९ करोड  ७१ लाख ४० हजार रुपैयाँ रहेको निक्षेपलाई एक बर्षको अवधिमा अथवा २०७५ असार मसान्तमा ६४ अर्ब ५० करोड २८ लाख ४६ हजार रुपैयाँले बढाएर एक खर्ब ५१ अर्ब १९ करोड ९९ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ ।

कर्जा लगानीमा पनि छलाङ
बैंकले कर्जामा पनि ३९.८६ प्रतिशतको वृद्धि हासिल गरेको छ । बैंकले २०७४ असार मसान्तमा ७२ अर्ब ५६ करोड १८ लाख १८ हजार रहेको कर्जा लगानीमा ४८ अर्ब १० करोड४५ लाख ७३ हजारले बृद्धि गर्दै एक खर्ब २० अर्ब ६६ करोड ६३ लाख ९१ हजार रुपैयाँ पुर्याएको हो । 

शाखा विस्तारमा आक्रामक
२०७४ असार मसान्तमा ११९ वटा मात्र शाखा कार्यलय रहेकोमा बैंकले एक बर्षको अवधिमा ११२ वटा शाखा थप गरेर २०७५ असार मसान्तसम्ममा कुल शाखा संख्या २३१ पुर्याएको छ । शाखा विस्तारमा आक्रमक रुपमा अगाडी बढेको बैंकले यसलाई निरन्तरता दिँदै चालु आर्थिक बर्षमा पनि ४६ शाखा थप गर्ने बताएको छ । बैंकको एटिएम संख्या २२०, शाखारहित बैंकिङ १५ तथा एक्टेनसन काउन्टर १४ रहेको छ । गत आर्थिक बर्षमा बैंकले १५० वटा एटिएम, १० एक्टेन्सन काउन्टर र संचालनमा रहेका १५ वटै शाखारहित बैंकिङ संचालनमा ल्याएको हो ।  

गत आर्थिक वर्षमा व्याज र संचालन खर्च धेरै बढेका कारण निक्षेप र कर्जाको अनुपातमा मुनाफा बढाउन नसकेको भएपनि बैंकको अधिकांश वित्तीय सुचक भने सकारात्मक रहेका छन् । व्यपस्थापन टिमको मिहिनेत र ग्राहकको विश्वासका कारण एक वर्षमा नै बैंकले धेरै प्रगति हासिल गर्दै वर्तमान अवस्थामा आइपुग्न सफल भएको बैंकको भनाई छ । दक्ष जनशक्तिको उपलब्धचा, बढ्दो संचालन लागत, प्रतिष्पर्धी वातावरण, ऋणात्मक शोधानान्तर र उच्च व्यापारघाटालाई बैंकले अबको चुनौतीका रुपमा लिएको छ । यी चुनौतीको सामना गर्दै आगमी दिनमा पनि यसरी नै प्रगति गर्दै जाने र ग्राहकको विश्वासलाई कायम राख्ने बैंकको योजना छ ।

Ad