बैंकिङ खबर । प्राइम कमर्सियल बैंक लिमिटेडले ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई खरिद(एक्वायर) गर्ने भएको छ । एक्विजिसनसम्बन्धी सम्झौतापत्रमा आइतबार प्राइम बैंकका तर्फबाट अध्यक्ष उदयमोहन श्रेष्ठ र ओम डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष सुशिल कुमार गोशालीले हस्ताक्षर गरे ।
स्वाप रेसियो डिडिए प्रतिवेदनपश्चात् तय हुने बताइएको छ । मंसिरभित्रमा एक्विजिसन प्रक्रिया सक्ने गरी काम भइरहेको ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।
राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेपछि प्राइम बैंकको चुक्तापुँजी १० अर्ब पुग्नेछ । अहिले प्राइमको चुक्तापुँजी आठ अर्ब छ भने ओमको चुक्तापुँजी दुई अर्ब ५१ करोड र रहेको छ ।