Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनआईसी एशिया बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७५ श्रावण ३१ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे ।

सबैभन्दा ठूलो शाखा संजाल भएको एनआईसी एशिया बैंकले मुलुकभर २३७शाखाकार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गरिरहेको छ । बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९हजार रहेको छ ।