बैंकिङ खबर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न १२ पदका लागि १५२ जना कर्मचारी माग गरेको छ ।
कम्पनीले २७ जना शाखा प्रमुख माग गरेको छ । यसका लागि कम्तीमा स्नातक गरेको कर्मचारी मागेको छ । मार्केटिङमा स्नातकोत्तर गरि २ वर्षको अनुभव भएकालाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।
एक जना संस्थागत रुपमा बिक्री प्रवन्धक माग गरिएको छ । जसको लागि स्नातकोत्तर गरि जीवन बीमा कम्पनीमा कम्तिमा पनि एक वर्ष काम गरेको हुनु पर्ने बताइएको छ ।
यसबाहेक, विभिन्न शाखा कार्यालयका लागि २१ जना बिजनेस डेभलपमेन्ट अफिसर मागिएको छ । यसमा एप्लाई गर्न कम्तीमा स्नातक उतीर्ण हुनुपर्नेछ । मार्केटिङमा स्नातकोत्तर गरि १ वर्षको अनुभव भएकालाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।
विज्ञको रुपमा एक जना बिजनेस डेभलपमेन्ट अफिसर माग गरिएको छ । यसको लागि पनि कम्तिमा स्नातक गरेको हुनुपर्नेछ । कम्पनीले मार्केटिङमा स्नातकोत्तर गरि १ वर्षको अनुभव भएकालाई विशेष प्राथमिकता दिनेछ ।
अफिसर तहको एक जना माइक्रोइन्स्योरेन्स हेर्ने कर्मचारीका लागि पनि दरखास्त आह्वान गरिएको छ । कम्तिमा स्नातक गरि एक वर्षको अनुभव भएको व्यक्तिले यो पदमा एप्लाई गर्न सकनेछन् ।
इच्छुक व्यक्तिले भदौ १५ गतेसम्ममा आवदेन दिइसक्नु पर्नेछ। कम्पनीको वेवसाइटमा निवेदन सहित आफ्नो व्यक्तिगत विवरण पेश गर्न सकिनेछ।


