४० देखि ८० करोडसम्म कर तिर्ने करदता हेर्न छुट्टै कार्यालयको स्थापना 

August 13, 2018

बैंकिङ खबर । वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने गरी अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । उक्त कार्यालयको क्षेत्राधिकार भित्र बैंक तथा वित्तीय संस्था, मेडिकल कलेज, ठेक्का व्यवसाय र ट्राभल तथा ट्रेकिङ क्षेत्रको हकमा भने २५ करोडदेखि ८० करोड रुपैयाँसम्म कर तिर्ने करदाता पनि पर्नेछन् । यो संरचनाअनुसार कार्यालयको क्षेत्राधिकारभित्र करिब ६ सय ५० करदाता पर्नेछन् । 

वार्षिक ८० करोड रुपैयाँभन्दा धेरै कर तिर्ने करदाता भने ठूला करदाता कार्यालयको क्षेत्राधिकार भित्र पर्नेछन् । यसअघि ४० करोड रुपैयाँभन्दा धेरै कर तिर्ने करदाता ठूला करदाता कार्यालयको क्षेत्राधिकार भित्र पर्दै आएका थिए । मध्यमस्तरीय करदाता कार्यालय खुलेसँगै अब करदाता दुईवटा कार्यालयमा विभाजन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *