Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एक वर्षभित्र लक्ष्मी बैंकले १२ वटासम्म शाखा विस्तार गर्ने

२०७५ श्रावण २७ गते

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडले देशभर कुल ९५ शाखामार्फत सेवा दिइरहेको छ । साथमा, बैंकले एटिएम १०५, एक्टेन्सन काउन्टर ३ र ५१ शाखारहित बैंकिङ पनि संचालन गरिरहेको छ । हालसम्म बैंकको क्षेत्रीय कार्यालय भने कुनै पनि ठाउँमा विस्तार भएको छैन ।   

४६ जिल्लामा शाखा
कुल ७७ जिल्लामध्ये लक्ष्मी बैंकले ४६ जिल्लामा सेवा प्रदान गरिरहेको छ । बाँकी ३१ जिल्ला (अछाम, अर्घाखाचीँ, बैतडी, बजाङ, बाजुरा, बर्दिया, दैलेख, धादिङ्ग, डोल्पा, डोटी, गोर्खा, गुल्मी, हुम्ला, जुम्ला, कालिकोट, खोटाङ, लम्जुङ्ग, मनाङ्ग, मुगु, मुस्ताङ्ग, म्याग्दी, नवलपुर, नुवाकोट, पर्वत, प्यूठान, रसुवा, रौतहट, रोल्पा, रुकुम पुर्ब, संखुवासभा, तेह्रथुम) मा पनि बैंकले विस्तारै आफ्नो पहुँच विस्तार गर्दै जाने योजना बनाएको छ ।

कुन प्रदेशमा कति शाखा 
लक्ष्मी बैंकका कुल ९५ शाखामध्ये, काठमाडौं उपत्यकाभित्र १७ (काठमाण्डौं १२, ललितपुर ३, भक्तपुर २) शाखा रहेका छन् । बाँकी ७८ शाखा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा रहेका छन् । बैंकका सबैभन्दा धेरै शाखा प्रदेश नं.३ मा रहेका छन् । यहाँ बैंकका कुल ३१ शखा सञ्चालनमा रहेका छन् । त्यस्तै, प्रदेब नं. ७ मा सबैभन्दा कम छ शाखा मात्रै सञ्चालनमा रहेका छन् । यसबाहेक, प्रदेश नं. १ मा १७ वटा, प्रदेश नंं. २ मा १० शाखा, प्रदेश नं. ४ मा १० वटा, प्रदेश नं. ५ मा १० वटा र प्रदेश नं. ६ मा ११ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकको काठमाडौँमा रहेका शाखाहरुबाटै तुलनात्मक रुपमा बढी कारोबार हुने गरेको छ ।

गत वर्ष २३ शाखा थपिए 
गत आर्थिक वर्षमा बैंकले २३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको थियो । साथै, गत वर्ष नै बैंकले ५१ शाखारहित बैंकिङ र १७ एटिएम थप गरेको थियो । यो वर्ष भने १० देखि १२ वटा सम्म नयाँ शाखा संचालनमा ल्याउने योजना बैंकले बनाएको छ । बैंकले चालु आर्थिक वर्षमा १० देखि १२ स्थानहरुमा शाखा संचालन गर्ने लक्ष्य लिएको छ । 

Ad