August 9th, 2018

निर्जिवन बीमा कम्पनीहरुको लगानी २५ अर्बमाथि

विजय पराजुली/बैंकिङ खबर । जेष्ठ मसान्तसम्ममा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुको कुल चुक्ता पुँजी आठ अर्ब ८३ करोड ५९ लाख २४ हजार रुपैयाँ पुगेको छ । जेठ मसान्तमा १७ वटा निर्जिवन बीमा कम्पनी रहेका थिए । 

लगानी
निर्जिवन बीमा कम्पनीहरुको लगानी जेठ महिनामा ३६ करोड ४० लाख ७२ हजार रुपैयाँ थपिएको छ । वैशाखमा २४ अर्ब ९५ करोड ६६ लाख ५५ हजार रुपैयाँ रहेको लगानी जेठमा २५ अर्ब ३२ करोड सात लाख २७ हजार रुपैयाँ पुगेको छ । कम्पनीहरुको नगद तथा बैंक मौज्दात एक अर्ब ९९करोड ६४ लाख ५६ हजार रुपैयाँ रहेका छ । 

प्रिमियम संकलन
निर्जिवन बीमा कम्पनीहरुको प्रिमियम संकलनमा पनि उल्लेख्य वृद्धि देखिएको छ । जेठ मसान्तसम्ममा कम्पनीहरुले प्रिमियमबाट १८ अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैयाँ आर्जन गरेका छन् । बैशाख मसान्तमा यस्तो शूल्क १६ अर्ब ७४ करोड १३ लाख १३ हजार रुपैयाँ थियो । कुल संकलन भएको प्रिमियममध्ये अग्नि, मोटर, सामुन्द्रिक हवाई, इन्जीनियरीङ, विविध र कृषि तथा बाली  बीमा बाट क्रमशः ३ अर्ब ७२ करोड ११ लाख ६७ हजार, ८ अर्ब ७८ करोड ९८ लाख ५४ हजार, १ अर्ब नै करोड ३१ लाख ३८ हजार, ७७ करोड २९ लाख छ हजार, २ अर्ब २  करोड ७ लाख ७२ हजार, २ अर्ब ७ करोड १४ लाख ६४ हजार र  ३९  करोड ४१ लाख २० हजार संकलन भएको छ । अग्नि, मोटर, बीमा सामुन्द्रिक हवाई, इन्जीनियरीङ, विविध र कृषि तथा बाली  बीमा बापत संकलन भएको प्रिमियम बैशाख मसान्तमा क्रमशः ३ अर्ब २७ करोड १५ लाख ७३ हजार ७ अर्ब ८७ करोड ८८ लाख ४४ हजार, ९८ करोड ६६ लाख ७२ हजार ७२ करोड ६७ लाख ११ हजार, १ अर्ब ८२ करोड ८२ लाख ९९ हजार, १ अर्ब ७० करोड ७५ लाख ३८ हजार ३४ करोड १६ लाख ७६ हजार रहेको थियो ।

बीमा लेख
निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल १०० प्रकारका बीमालेख जारी गरेका छन् । बैशाख मसान्तमा ९० प्रकारका बीमालेख मात्रै जारी भएको थीयो । जेठ मसान्तसम्म१६ लाख ८३ हजार आठ सय सात वटा बीमा लेख जारी भएको छ । जुन बैशाख मसान्तको भन्दा एक लाख ९६ हजार छ सय ४१ ले बढी हो । यस्तो बीमालेखको संख्या बैशाख मसान्तमा १४ लाख  ८७ हजार एक सय ६६ रहेको थियो । 

दाबी भुक्तानी
जेठसम्ममा ७१  हजार एक  ८४ वटा बीमालेखको क्षतिपूर्तिका लागि दाबी परेको बीमा समितिको तथ्यांक छ । जसमध्ये ५८ हजार खार सय तिन वटा दाबीको भुक्तानी भइसकेको छ । जेष्ठ मसान्त सम्मको विवरण अनुसार कुल ४१ हजार ४६ वटा दाबीको भुक्तानी गर्ने बाँकी रहेको छ । निर्जिवन बीमा कम्पनीहरुले कुल ९ अर्ब ९५ करोड ८७ लाख १५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेका छन् भने छ अर्ब १३ करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको छ । त्यस्तै, मुद्धा परेको दावी संख्या १३ सय ५५ पुगेको छ भने सर्भेयर खटाएको दावी संख्या २० हजार तिन सय ८६ रहेको छ । दाबी मुल्याङ्कन प्रतिवेदन पेश भएको संख्या र दावी मुल्याङ्कन पेश हुन बाँकी सर्भे प्रतिवेदनको संख्या क्रमशः १४ हजार दुई सय ३९ र ११ हजार नौ सय ५९ रहेको छ । 

पुनर्बिमा
जेष्ठ महिनाको अन्त्यमा पुनर्बीमा शूल्क भुक्तानी सात अर्ब सात करोड ९६ लाख २१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै पुनर्बीमा कमिसन बापत १ अर्ब ९७  करोड ३७ लाख ६० हजार रुपैयाँ प्राप्त भएको छ । पुनर्बीमाबाट ब्योहोरीने कुल दावी रकम भने आठ अर्ब ४६ करोड ८० लाख ११ हजार रुपैयाँ पुगेको छ । 

बीमा पहुँच तथा शाखा विस्तार
निर्जिवन बीमा कम्पनीहरुले बीमा पहुँच तथा शाखा बिस्तारलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेका छन् । निर्जिवन बीमा कम्पनीहरुको मात्रै जेठ महिना भरिमा २० वटा शाखा थपिएका छन् । जेठ मसान्तको तथ्यांक अनुसार, निर्जिवन बीमाको कुल शाखा संख्या पााच सय ८५ पुगेको छ । सबै निर्जिवन बीमा कम्पनीहरु र तीनीहरुको शाखामा गरेर तीन हजार पाँच सय २२ जना कार्यरत छन् भने बीमा अभिकर्ताको संख्या दुई हजार चार  सय ३९ रहेको छ । जसमध्ये एक सय ९२ जना जेठ महिनामा थपिएका हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]