बैंकिङ खबर । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले बीमा कम्पनीहरुलाई समयमा नै चुक्तापुँजी पुर्याउन आग्रह गरेका छन् । प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष चापागाईँले पूँजी बृद्धिको लागि ३÷३ महिना मात्र समय थप हुन सक्ने भएकाले पुँजी वृद्धि लाई प्राथमिकताका साथ अगाडी लैजान आग्रह गरे । त्यस्तै, आगामी दिनमा कम्पनीको शाखा बिस्तार गरि व्यवसाय दायरा बढाउन पनि उनले सुझाव दिए ।
सुपरिवक्षण तथा नियमनको कारण बीमा कम्पनीहरुको सुशासन राम्रो हुँदै गएको र गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा १७ प्रतिशत बृद्धि हुन सफल भएको उनले जानकारी दिए । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृती बिकासको लागि बीमा तालिम केन्द्र स्थापना गरिएको उनले बताए ।


