बैंकिङ खबर । बैंकिङ खबर डट कमले अंग्रेजी संस्करण सुरु गरेको छ । शुक्रबार आयोजित एक समारोहका बीच डेभलपमेन्ट बैंकर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष गोविन्द ढकालले बैंकिङ खबरको अंग्रेजी संस्करणको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै ढकालले बैंकिङ खबर डट कमको अंग्रेजी संस्थाकरणमार्फत विदेशीहरुले पनि अब नेपालको बैंकिङ खबरहरुको बारेमा जानकारी लिन सक्ने बताए । स्थापनाको छोटो समयमा नै राम्रो प्रगति हासिल गर्दै अंग्रेजी संस्करणको सुरुवात गर्न सफल भएकोमा उनले बैंकिङ खबर टिमलाई बधाई समेत दिए ।
कार्यक्रममा माइक्रोफाइनान्स बैकर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष प्रकाश राज शर्मा र इजी लिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डीपी अर्यालले पनि बैंकिङ खबर टिमलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिए ।
बैंकिङ खबरका फाउन्डर एवम् प्रधान सम्पादक माधव निर्दोषले अंग्रेजी मात्रै जान्ने व्यक्तिहरुले पनि नेपालको बैंकिङ गतिवधिहरुका बारेमा निरन्तर जानकारी पाइरहुन् भन्ने उद्देश्यका साथ अंग्रेजी संस्करणको सुरुवात गरिएको बताए ।