Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु इन्स्योरेन्स २३औँ वर्षमा, बीमा गर्नेलाई नयाँ सुविधा

२०७५ श्रावण १७ गते

बैंकिङ खबर । प्रभु इन्स्योरेन्स लिमिटेड २३ वर्षमा लागेको छ । स्थापनादेखि नै राम्रो व्यवसाय गर्दै आएको इन्स्योरेन्सले प्रतिफल पनि आकर्षक दिँदै आएको छ । 

शाखा विस्तारमा जोड
गत आर्थिक वर्षको सुरुमा प्रभुको शाखा थोरै थियो ।  अन्त्यसम्ममा विस्तार गरेर ३१ पुर्याएको छ । छिटै नै थप १० शाखा विस्तार गर्ने तयारी भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताए । त्यसपछि पनि शाखा विस्तारलाई प्राथमिकतामा नै राखेर अघि बढ्ने कम्पनीको योजना रहेको छ ।

छिटै चुक्तापुँजी पुग्दै
प्रभु इन्स्योरेन्स बीमा समितिले तोकेको चुक्तापुँजी नजिक पुगिसकेको छ । निर्जिवन बीमा कम्पनीलाई एक अर्ब चुक्तापुँजी पुर्याउनु भनिएकोमा प्रभु इन्स्योरेन्सको चुक्तापुँजी ६८ करोड रुपैयाँ रहेको छ । कम्पनीले ४६ प्रतिशत हकप्रद सेयर जारी गरेको छ । यसको बाँडफाँड भएपछि कम्पनीको चुक्तापुँजी एक अब पुग्ने सीईओ बज्राचार्यले बताए । 

बीमा पहुँच विस्तारमा केन्द्रित
प्रभु इन्स्योरेन्सले स्थापना कालदेखि नै बीमा सम्बन्धी जागरण फैलाउनेदेखि लिएर बीमा गर्नेको संख्या बढाउन हरहिसाबले प्रयास गरिरहेको सीईओ बज्राचार्यको भनाई छ । ‘हरेक वर्षको वित्तीय विवरणले पनि यो कुरा दर्शाएको छ,’उनले भने, ‘बीमाको प्रिमियम बढिरहेको छ । लगानीकर्ताले पनि राम्रो प्रतिफल पाइरहेका छन् । समग्रमा सबै सन्तुष्ट पनि छन् ।’ 

बीमा गर्नेलाई नयाँ सुविधा
प्रभु इन्स्योरेन्सले ग्राहकलाई दिने सेवामा बढीभन्दा बढी उत्कृष्टता होओस भन्ने कुरालाई सँधै ध्यानमा राखेको छ । सीईओ बज्राचार्यका अनुसार, प्रभु इन्स्योरेन्सले ग्राहकका लागि नयाँ सुविधाको थालनी गरेको छ । जसअनुसार, प्रभुमा बीमा गर्ने व्यक्ति वा संस्थाको गाडी लामो दुरीमा जाँदा कतै विग्रियो भने सिधै प्रभु इन्स्योरेन्समा फोन गरेपछि गाडी बनाएर सम्बन्धित गन्तव्यसम्म पुग्ने व्यवस्था गरिन्छ । यसका लागि कुनै अतिरिक्त शूल्क लाग्दैन । यसका लागि प्रभुले एउटा व्यक्ति राखेको छ, जसले फोन आउनेवित्तिकै नजिकको ग्यारेजमा सम्पर्क गरेर गाडी बनाउने व्यवस्था गरिदिन्छ । उक्त ग्यारेजको मेकानिकले गाडी बनाएर निर्धारित गन्तव्यसम्म पुर्याइदिन्छ । सम्पर्क गर्ने फोन नम्बर बीमा गराउँदा उपलब्ध गराइन्छ । यो सुविधा सुरु भएको झन्डै एक महिना भएको छ ।  

Ad