July 27th, 2018

बीमा सर्भेयर बन्न केके चाहिन्छ योग्यता ? 

बैंकिङ खबर । बीमा गरिएको सम्पतिको क्षति भएमा क्षति भए बराबरको रकम बीमालेखले सुरक्षा गरेको कारणले भएको ठहर भएमा बिमकले बिमितिलाई क्षतिपूर्ति प्रदान गर्नुपर्दछ । क्षति कसरी र कति भयो मूल्यांकन गर्न सक्ने व्यक्ति÷संस्थालाई  बीमा कम्पनीले खटाई प्राप्त भएको प्रतिवेनलाई मुख्य आधार मानेर बीमा कम्पनीले बिमितलाई रकम भुक्तानी गर्दछ । यसरी क्षति मूल्यांकन गर्ने व्यक्तिलाई नै बीमा सर्भेयर भनिन्छ । 

बीमा सर्भेयरको काम निर्जीवन बीमामा आउँछ । चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, बीमा कम्पनीका अधिकृत स्तरमा कम्तीमा दश वर्ष भन्दा  बढी काम गरेका व्यक्ति तथा बीमा सम्बन्धी विशेष अध्ययन गरेको व्यक्तिलाई बीमा समीतिले संञ्चालन गर्ने बीमा सर्भेयर तालिममा भाग लिई बीमा सर्भेयरको इजाजतपत्रको लागि निवेदन दिएमा उसलाई बीमा सर्भेयर सम्बन्धी इजाजतपत्र प्रदान गरिन्छ । 

कार्य अनुभवका आधारमा बीमा सर्भेयरहरुलाई क, ख, ग र घ श्रेणीमा वर्गीकरण गरिन्छ । सबैभन्दा बढी  अनुभव भएकालाई ‘क’ र नयाँलाई ‘घ’ श्रेणीमा राखिन्छ । व्यक्ति मात्रम नभई संस्थाले पनि सर्भेयरको इजाजतपत्र प्राप्त गर्न सक्दछ । तर, त्यसका लागि संस्थाको प्रमुख वा कुनै एक सञ्चालकले सर्भेयर सम्बन्धी माथि उल्लेख गरिएका योग्यता पूरा गरी आवश्यक तालिम पनि लिनुपर्दछ । त बीमा सर्भेयर इजाजत प्राप्त व्यक्तिभन्दा बाहेक अरुले बीमा सर्भे गर्न पाउँदैन । बीमा सर्भेयरको इजाजतपत्र प्रत्येक वर्ष बीमा समी िबाट नवीकरण गराउनुपर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]