Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ अन्तर्वार्ताका लागि बैंकिङ ट्रेनिङ महत्वपूर्ण हुने

२०७५ श्रावण १० गते

बैंकिङ खबर । साउन १४ गतेदेखि मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युटको सहकार्यमा संचालन हुन लागेको बैंकिङ ट्रेनिङ बैंकिङ अन्तर्वार्ताका लागि महत्वपूर्ण हुने बताइएको छ । पाँच दिनसम्म दैनिक दुई घण्टाका दरले दिइने तालिममा बैंकिङ करिअर बनाउन चाहनेहरुका लागि आवश्यक ज्ञान दिइने बताइएको छ । 

अधिकांश बैंकहरुले स्थानीय तहसम्म शाखा विस्तार गर्नुपर्ने अवस्थाका कारण बैंकिङ क्षेत्रमा यतिबेला रोजगारीका प्रशस्त ढोकाहरु खुलेका छन् । तथापि, सम्बन्धित विषयमा नै अध्ययन गरेका विद्यार्थीहरुमा समेत व्यवहारिक ज्ञान एवम् बैंकिङ सम्बन्धी जानकारी पर्याप्त नभएका कारण बैंकको ढोकासम्म पुगेर विद्यार्थीहरु फर्किनुपर्ने अवस्था छ । यसै तथ्यलाई ध्यानमा राखेर बैंकिङ करिअर बनाउन चाहनेहरुलाई लक्षित गरी बैंकिङ ट्रेनिङको आयोजना गर्न लागेको मिडिया इन्टरनेशनलले जनाएको छ ।

ट्रेनिङ प्रत्येक दिन विहान ७ बजेदेखि ९ बजेसम्म संचालन हुनेछ । ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी हुन चाहने व्यक्तिका लागि तीन हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ ।

बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि ४२४४४०२ तथा ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।

Ad