Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल बैकको एफपिओ भर्नुभयो ? अझै ४ दिन खुला रहने

२०७५ श्रावण ९ गते

देशको अग्रणी बैक नेपाल बैक लिमिटेडले निष्काशन गरेको एफपिओ बन्द हुन अझै चार दिन बाँकी रहेको छ । नेपाल सरकारको स्वामित्व ५१ प्रतिशत कायम गर्ने उद्देश्यले नियामक निकायको स्वीकृतिमा बैंकले प्रति सेयर रु २८० का दरले एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता थप सेयर सार्वजनिक निष्काशन गरेको थियो । 

प्रतिसेयर रु २८० मा श्रावण १३ गतेसम्म सहभागी हुन सकिने बैंकको थप सेयर सार्वजनिक निष्काशनको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ । साना ठुला लगानीकर्ता सहभागी हुन सक्ने केही दिन मात्र बांकी रहेको यस बंैकको थप सेयर सार्वजनिक निष्काशनमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ । 

एफपिओ निष्काशन पछि चुक्ता पुंजी रु ९ अर्ब ८१ करोड पुग्ने छ भने जगेडा कोष रु ९ अर्ब ९८  करोड पुग्ने छ । भरखरै सम्पन्न  आर्थिक वर्षमा बैकले खुद मुनाफा रु ३ अर्ब ३९ करोड, संचालन मुनाफा बैक इतिहासमै सर्वाधिक रु ४ अर्ब २१ करोड, व्याज आम्दानी रु ९ अर्ब २१ करोड पुरयाई वित्तिय सुधारमा बैंकले विगत ३ वर्षयता हासिल गरेका उपलव्धिलाई उचाई दिंदै आएको छ । 
 
बैंकको पुंजी कोष र जोखिम भारित सम्पत्ति अनुपात (आरडव्लुए ) १७.६ प्रतिशत, मुल्य आर्जन (पिई) अनुपात ६.६५ प्रतिशत तथा पुँजीमा प्रतिफल (आरओई ) अनुपात २५.८६ प्रतिशत रहेको छ ।  

Ad