Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

७३ प्रतिशत भन्दा बढी स्थानीय तहमा पुगे वाणिज्य बैंक, बैंकिङ पहुँचमा प्रदेश ५ अगाडी 

२०७५ श्रावण ९ गते

बैंकिङ खबर । जेठ मसान्तसम्ममा नेपालका ७३ प्रतिशतभन्दा बढी स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार, कुल ७५३ स्थानीय तहमध्ये ५५० वटामा २८ वाणिज्य बैंकहरुमध्ये कुनै न कुनैको शाखा विस्तारित भएको छ । 

तथ्यांकअनुसार, बैंकिङ पहुँचका हिसाबले प्रदेश नं. ५ सबैभन्दा अगाडी देखिएको छ । यहाँको ८१.६ प्रतिशत स्थानीय तह बैंकिङ पहुँच भित्र रहेको छ । कुल १०९ स्थानीय तहमध्ये ८९ वटामा वाणिज्य बैंकको उपस्थिती रहेको छ । 

प्रदेश नं. ६ अर्थात कर्णाली प्रदेश बैंकिङ पहुँचमा सबैभन्दा कमजोर पाइएको छ । यो प्रदेशको ५३.१ प्रतिशत स्थानीय तहमात्रै बैंकिङ पहुँचभित्र समेटिएको छ । यहाँका कुल ७९ मध्ये ४२ स्थानीय तहमा मात्रै  वाणिज्य बैंकका शाखा पुगेका छन् ।

यसबाहेक, प्रदेश नं. १ को ७३ प्रतिशत अर्थात १०० स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । यहाँ कुल १३७ स्थानीय तह छन् । त्यस्तै, प्रदेश नं. २ को १३६ स्थानीय तहमध्ये ७८.६ प्रतिशत अर्थात १०७ स्थानीय तहमा वाणिज्य बैंक पुगिसकेका छन् भने प्रदेश नं. ३ का ११९ स्थानीय तहमध्ये ८०.६ प्रतिशत अर्थात ९६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा संचालित छन् । बैंकिङ पहुँचका हिसाबले यो प्रदेश तेस्रो स्थानमा छन् ।  

बैंकिङ पहुँचका हिसाबले दोस्रो स्थानमा प्रदेश नं. ४ अर्थात गण्डकी प्रदेश रहेको छ । काठमाडौँपछिको दास्रो बैंकिङ हबको रुपमा रहेको पोखरा समेत पर्ने यस प्रदेशको ८५ स्थानीय तहमध्ये ८० प्रतिशत अर्थात ६८ स्थानीय तहमा वाणीज्य बैंकको शाखा पुगेको छ ।     

त्यसैगरी, प्रदेश पदेश नं. ७ का ८८ स्थानीय तहमध्ये ५४.५ प्रतिशत अर्थात ४८ स्थानीय तहमा मात्र (वाणिज्य बैंकको शाखा पुगेको केन्द्रीय बैंकको् तथ्यांक  छ । यो प्रदेश बैंकिङ पहुँचमा कर्णाली प्रदेशपछिको कमजोर हो ।  

Ad