Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रतिकित्ता २०० रुपैयाँमा सिटिजन्स बैंकको एफपिओ, साउन १५ देखि आवेदन दिन पाइने

२०७५ श्रावण ८ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साउन १५ गतेदेखि चार लाख ६३ हजार आठ सय २६ कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ नै प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँमा एफपिओ जारी गर्न लागेको छ । एफपिओ निष्काशन छिटोमा साउन १८ गते ढिलोमा भदौ १४ गतेसम्म खुला रहनेछ ।
 
एफपिओमा न्युनतम ५० र अधिकतम २३०० कित्तासम्मको आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको  छ । एफपिओ आवेदनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् । 

बैंकले एफपिओ निष्काशनको लागि इक्रा रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड ३’ पाएको छ । यो ग्रेडलाई औषत मान्ने गरिन्छ । 
 
बैंकले एफपिओ निष्काशन गरेसँगै संस्थापकतर्फ ५१ प्रतिशत अर्थात ४ अर्ब १२ करोड रुपैयाँ र सर्वसाधारणतर्फ ४९ प्रतिशत अर्थात तीन अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ । 

Ad