Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गण्डकी विकास बैंक र युनियन लाइफ इन्स्योरेन्सबिच बैंकास्योरेन्स सम्झौता

२०७५ श्रावण ७ गते

गण्डकी विकास बैंक लिमिटेड र युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडबिच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात युनियन लाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु गण्डकी विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने भएको छ । 

गण्डकी विकास बैंक केन्द्रीय कार्यालयसहित देश भरी फैलिएका आफ्ना ६८ शाखा कार्यालय मार्फत पूर्णकालिन बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकको लागि आर्कषक व्याजदरका विभिन्न निक्षेप योजना परिचालन गर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह समेत गरिरहेको छ । 

यसका अतिरिक्त बैंकले एबिबिएस सेवा, एटिएम, एसएमएस, सिआस्वा, आईपिएस, मोबाइल बैंकिङ्ग सेवा लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रिय कार्यालय लगायत केहि शाखाहरुबाट ३६५ दिने बैंकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आबद्ध व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ । 

बैंकका विभिन्न ठाँउमा ९ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । यस पश्चात बैंकका ७७ वटा शाखा र देशका सातै प्रदेशबाट बैंकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।