July 22nd, 2018

एनआईसी एशिया बैंक र सुर्या लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

एनआईसी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे । सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।  

मुलुकभर २३२ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एशिया बैंकको वासलातको आकार रू. १७५अर्ब भन्दा बढि पुगेको छ । कुलनिक्षेप करिब रू. १५०अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बनेको बैंकले कुल कर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाएको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]