Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर्मचारी सञ्चय कोषको व्याजदर परिवर्तन, छ लाख सञ्चयकर्ता प्रभावित

२०७५ श्रावण १ गते

बैंकिङ खबर । कर्मचारी सञ्चय कोषले व्याजदर परिवर्तन गरेको छ । कोषले मंगलबारदेखि लागू हुने गरी बचत र ऋण दुबैको व्याजदर ०.२५ प्रतिशत ले वृद्धि गरेको छ । कोषमा रकम जम्मा गर्दा सञ्चयकर्ताले पाउने व्याजदर ८.२५ प्रतिशत कायम भएको छ । त्यस्तै, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर ९.५ प्रतिशतबाट बढाएर ९.७५ प्रतिशत पुर्याइएको छ । सरल चक्र कर्जामा ब्याज बढाएर १० बाट बढाएर १०.२५ प्रतिशत बनाइएको छ । यसैगरी ४० लाख रुपैयाँभन्दा माथिको घर सापटीमा लिने ब्याजदर १०.२५ प्रतिशत बनाइएको कोषले जानकारी दिएको छ । कोषले विशेष सापटीको ब्याजदर भने स्थीर राखेको छ ।

यसैगरी सञ्चयकर्तालाई दिँदै आएको विशेष सापटी रकमको सीमा पनि कोषले घटाएको छ । जसअनुसार, कूल सञ्चय कोष मौज्दातको ८० प्रतिशत रकम मात्रै यो शीर्षकमा ऋण पाइन्छ । यसअघि सञ्चयकर्ताले ९० प्रतिशत रकम पाउँदै आएका थिए । यसअघि ९० प्रतिशतको सीमाभित्र विशेष सापटी लिएका सञ्चयकर्ताको हकमा समेत ८० प्रतिशतको सीमा कायम गरेर मात्र पुनः सापटी प्रदान गर्ने कोषले जनाएको छ ।

सञ्चय कोषको व्याजदर परिवर्तनबाट छ लाख सरकारी कर्मचारी र अन्य संचयकर्ता प्रभावित भएका छन् । सञ्चय कोषमा सरकारी कर्मचारीबाहेक संगठित संस्था र स्वरोजगारले मासिक रुपमा रकम जम्मा गर्न पाउँछन् ।

Ad