Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुर्गमसम्म विस्तारित हुँदै सिटिजन्स बैंक : एकै साथ चार शाखा संचालनमा, तीन थपिँदै

२०७५ असार ३१ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एकैसाथ चार शाखा संचालनमा ल्याएको छ । दुर्गम क्षेत्रमा शाखा विस्तार गर्ने क्रममा बैंकले आइतबार एकैसाथ चार वटा शाखा संचालनमा ल्याएको हो । बैंकले प्यूठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र आछामको ढकारीमा शाखा संचालन गरेको हो । 

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउदै आएको सिटिजन्स बैंकको शाखा ७८ वटा पुगेको छ । यसबाहेक, ७० वटा एटिएम,  ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब तीन लाख पचास हजार ग्राहकवर्गलाई बैंकले आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिटयान्स सेवा, बैंकास्योरेन्स आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम कार्ड सेवा, भिसा इन्टरनेशनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिम्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

बैंकले आर्थिक बर्ष २०७५/७६ मा नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरही, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर, इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सनापति, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगडी, धनकुटाको खाल्सा छिन्ताङ सहीदभुमी र दाङको बंगलाचुली गरि कुल १४ वटा शाखाहरु संचालनमा ल्याइसकेको छ ।

२०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलीनु यस बैंकको एक अनुपम उदहारण रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बताए । मुलुक संघीय प्रणालीमा गएसँगै दुर्गम भेगका सर्वसाधरणहरुले बैंकिङ सेवा लिन जिल्ला, सदरमुकाम वा सहरमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका लागि बैंकले शाखा विस्तारलाई जोड दिँदै आएको उनले बताए ।

सरकारले वित्तीय पँहुच तथा समावेशिता बृद्धि र औपचारिक अर्थतन्त्रको प्रवद्र्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अबलम्बन गरेको छ । यसलाई मूर्त रुप दिन यस बैंकले थप ४ वटा शाखा संचालनमा ल्याएको छ । संघीयतालाई बलियो र सहज अतुलनीय भुमिका निर्वाह गरेको बैंकले नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरु विस्तार गरी सकेको थियो । 

अब आउने निकट भविष्यमा नै बैंकले कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना अघि सारेको छ ।

Ad