July 11th, 2018

पूर्वाधार परियोजनाका लागि भित्रिने लगानी अब छुट्टै कोषमा

बैंकिङ खबर । पूर्वाधारका परियोजनाहरुमा भित्रिने विदेशी लगानीको व्यवस्थापनका लागि हेजिङ फण्डको व्यवस्था गरिने भएको छ । बुधबार जारी आर्थिक वर्ष २०७५।७६को  मौद्रिक नीतिमा यो कुरा उल्लेख गरिएको छ । ‘पूर्वाधारका परियोजनाहरुमा भित्रिने विदेशी लगानीलाई यस बैंकमा छुट्टै कोषमा जम्मा गरी हेजिङ सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिमा भनिएको छ । 

यस कोषले विदेशी लगानीकर्ताले व्यहोर्नुपर्ने विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पुर्याउने छ । यस सुविधाबाट ठूला जलविद्युत आयोजना, प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षित हुने विश्वास राष्ट्र बैंकले लिएको छ । यसका लागि उपयुक्त कार्यविधि तयार गरिने मौद्रिक नीतिमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]