बैंकिङ खबर । देवः विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई बैंकबीच मंगलबार एक्विजिशन सम्बन्धि सम्झौता भएको छ । देवःमा गाभिने भएपछि बुधबारदेखि वेस्टर्नको सेयर कारोबार रोक्का भएको छ ।
केही समय अगाडि ४० प्रतिशत हकप्रद बिक्री गरेको देवः विकास बैंकको चुक्तापुँजी दुई अर्ब २८ करोड रुपैयाँ रहेको छ । यसबाहेक, बैंकले गतबर्षको कमाईबाट २४ करोड ७० लाखको बराबर अर्थात १७.१ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । जसपश्चात्, देवःको चुक्तापुँजी दुई अर्ब ५३ करोड पुग्नेछ । बैंकको बोनस सेयर पारित पनि भइसकेको छ । यता, देवःले किन्न लागेो वेष्टर्नको चुक्तापुँजी ५० करोड ४० लाख रुपैयाँ रहेको छ ।
एक्विजिसनपश्चात् नयाँ बन्ने बैंकको चुक्तापुँजी तीन अर्ब पुग्नेछ । यससँगै देवः विकास बैंक नेपालको सबैभन्दा धेरै चुक्तापुँजी भएको विकास बैंक भन्नेछ ।