Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिले व्याजदरको समस्या समाधान गर्छ : अर्थमन्त्री

२०७५ असार २५ गते

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी मौद्रिक नीतिले ब्याजदरको समस्या सम्बोधन गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सभामा बोल्दै उनले व्याजदरको समस्या मौद्रिक नीतिले समाधान गर्ने बताए । मौद्रिक नीति बुधबार सार्वजनिक हुँदैछ । मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको राष्ट्र बैंकले व्याजदर समस्यालाई उचित ढंगले सम्बोधन गर्ने अर्थमन्त्री डा. खतिवडाको विश्वास छ । 

अर्थमन्त्री डा. खतिवडालेले यो वर्षको बजेट उपयुक्त आकारको भएको भन्दै यसको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे । संघ, प्रदेश र स्थानीय गरी ७२१ वटा सरकारको बजेट निर्माण भएकाले राजश्व मात्र नभई बजेट खर्च गर्ने अधिकार र आन्तरिक ऋण उठाउने क्षेत्र पनि बाँडिएको उल्लेख गर्दै उनले एकै क्षेत्रमा आउने गरेको बजेट धेरै क्षेत्रमा बाडिँदा बजेटको आकार सानो नभएको बताए । बजेट भूगोल तथा जनसंख्या र अन्य सूचकका आधारमा पनि सन्तुलित रहेको उनको भनाई छ । उनले बजेटले संघीयतलाई अंगालेको हुनाले संघमा रहेका कार्यक्रम पनि स्थानीय तह र प्रदेश तहबाटै कार्यन्वयन हुने जानकारी समेत दिए ।

त्यस्तै, सभामा अर्थमन्त्री डा. खतिवडाले भारतीय नोटबन्दीपछिका समस्याका बारेमा भारतीय पक्षसँग कुराकानी गरिने पनि बताएका छन् । खतिवडाले विगतमा लामो प्रयासपछि ५०० र एक हजार दरका नोट नेपालमा पनि निश्चित परिमाणमा चलाउन पाएको स्पष्ट पार्दै नोटबन्दीपछि समस्या केही बढेको बताए । यसको असर सीमा क्षेत्रमा अझ बढी समस्या भएको भन्दै उनले यस विषयमा नयाँ ढंगले छलफल अघि बढाउन लागेको  जानकारी दिए । 

Ad