Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुर्गममा विस्तारित हुँदै ‘राष्ट्रिय वाणिज्य बैंक’, थप तीन गाउँपालिकामा खोल्यो शाखा

२०७५ असार २५ गते

राष्ट्रिय वाािणज्य बैंक लिमिटेडले थप तीन शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं. ६ स्थित कपिलाकोट शाखा कार्यालय, बझाङ्ग जिल्लाको मष्टा गाउँपालिका वडा नं. ३ स्थित भातेखोलामा मष्टा शाखा कार्यालय र ताप्लेजुङ्ग जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित शाखा हाङ्गपाङ्ग कार्यालयबाट कारोबार सुरु गरेको हो । 

तीन शाखा थप भएसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या १९५ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए । बैंकको हाल ७१ जिल्लामा १९५ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले एक खर्ब ५३ अर्ब निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब कर्जा लगानी गरि तीन अर्ब आठ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।    

Ad