Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बैंकको लगानी सुरक्षाका लागि बीमा अनिवार्य हुँदै

२०७५ असार २४ गते

बैंकिङ खबर । बैंकको लगानीको सुरक्षाका लागि अब बीमा अनिवार्य गरिने भएको छ । बीमा नगरेसम्म बैंकबाट ऋण नै नपाइने व्यवस्था गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५।७६को मौदिक नीतिमा यो व्यवस्था समावेश गर्न लागेको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएसँगै बैंकहरुको जोखिम बीमा कम्पनीले वहन गर्नेछ। बैंकहरुले प्रवाह गरेको कर्जा असुरक्षित भए पनि बैंकहरु प्रभावित हुने छैनन् । किनकि, उक्त ऋण बीमा कम्पनीले तिरिदिन्छ । अहिले पनि बीमा कम्पनीहरुले बैंकद्धारा प्रवाहित कर्जाको सुरक्षण गर्ने गरेका छन् । अब भने यो व्यवस्था अनिवार्य हुन लागेको हो । जुनसुनै प्रकारका कर्जा लिँदा पनि अब पहिले धितोको बीमा गर्नुपर्ने हुन्छ ।