बैंकिङ खबर । यो साता मौद्रिक नीति र बिग मर्जरको विषय चर्चामा रह्यो । साताभर मौद्रिक नीति आउन ढिलाई भएको कारणको खोजी गरियो । त्यस्तै, मौद्रिक नीतिमार्फत बिग मर्जर ल्याउने कुरामा सत्यता भए नभएको विषयमा पनि चर्चा परिचर्चा भए । समग्रमा, साताभरका मूख्य बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :
बिग मर्जर नआउने
बैंकिङ क्षेत्रमा बिग मर्जरको विषय तत्काल नआउने भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले अहिले नै बिग मर्जरमा जाने विषयमा केन्द्रीय बैंकले निर्णय नगरेको बताए । मिडिया इन्टरनेशनलद्धारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, ’अहिले नै मेगा मर्जरको समय आइसकेको छैन ।’
बीमा बजारमा नयाँ कम्पनी थपियो
विहीबारदेखि नेपालको बीमा बजारमा नयाँ बीमा कम्पनी थपियो । बीमा समितिबाट अनुमति लिएर संचालनको तयारीमा रहेको निर्जीवन बीमा कम्पनी अजोड इन्ःयोरेन्स कम्पनी लिमिटेडले दर्ता भएको दश बर्षपछि आफ्नो औपचारिक कारोबार थालेको छ । यससँगै नेपालमा निर्जिवन बीमा कम्पनीको संख्या १९ पुगेको छ ।
नेप्सेका सीईओ नियुक्ति खारेज
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदको नियुक्ति खारेजीमा पर्यो । सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागू भएपछिका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको छ । जसमा साउद पनि पर्ने भएका हुन् ।
कालिका माइक्रोक्रेडिट अब राष्ट्रिय स्तरको
नेपाल राष्ट्र बैंकले कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकलाई राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गर्यो । हाल १५ जिल्लामा शाखा सञ्जाल विःतार गरी कारोबार गर्दै आएको कालिकालाई राष्ट्र बैंकले बिहीबार राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गरेको हो । बैंकले हाल स्यांजा, पाल्पा, पर्वत, नवलपरासी, कास्की, रुपन्देही, तनहुँ, मकवानपुर, गोरखा, धादिङ, डोटी, सुर्खेत, सल्यान, रोल्पा र बाग्लुङमा सेवा दिदै आएको छ । राष्ट्रिय स्तरको बनेसँगै क्रमशः ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरिने बैंकका सीईओ मिन बहादुर बोहराले बताएका छन् ।
शाखा तथा सेवा विस्तार
प्रभु बैंकले रौतहट जिल्लाको परोहा नगरपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्यायो ।
ग्लोबल आइएमई बैंकले थप सात वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्यायो ।
एनआईसी एशिया बैंकले झापाको बिर्तामोड नगरपालिका वडा नं २ स्थित चारपानेमा स्थापित शाखाको विधिवत उद्घाटन गर्यो ।
लक्ष्मी बैंकले बाराको जितपुरमा आफ्नो नयाँ शाखा संचालनमा ल्यायो ।
माछापूच्छ्रे बैंक लिमिटेडले आफ्ना दुई नयाँ शाखा कार्यालय र एक एटिएमको औपचारिक सुरुवात गर्यो ।
तेह्रथुम जिल्लाको लालिगुंरास नगरपालिका वार्ड न. २ बसन्तपुर स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बसन्तपुरको समुद्घाटन भयो ।
एनआईसी एशिया बैंकले आफ्नो लुम्बिनी क्षेत्रीय कार्यालय अन्तर्गत खोलिएका १४ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरको एकैसाथ उद्घाटन गर्यो ।
संस्थागत सामाजिक उत्तरदायित्व
कुमारी बैंक लिमिटेड नारायणगढ शाखाले “शिशु कल्याण आधारभूत विद्यालय” माडी, चितवनका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्यो ।
गण्डकी विकास बैकले राप्ती न.पा ३ झुरझुरे निवासी ःवर्गीय शान्तामाया चेपाङको परिवारलाई खाद्यान्न सहित राहत वितरण गर्यो ।
एनआईसी एशिया बैंकसँगको सहकार्यमा लायन्स क्लव अफ पर्वत चौतारीले वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गर्यो ।
माछापुच्छ्रे बैंक लिमिटेडले का.म.पा. ४ वडाको मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर, बैंकको बालुवाटार शाखादेखि भाटभटेनीसम्म वृक्षारोपण गर्यो ।
सांग्रिला डेभलपमेन्ट बैंकले पनि आफ्नो केन्द्रीय कार्यालय परिसरमा वृक्षारोपण गर्यो ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ५५ जना अपागं बहिरा बिधार्थीहरुको लागि ५० हजार रुपैयाँ बराबरको सहयोग गर्यो ।
सम्झौता
ओम डेभलपमेन्ट बैंक लिमिटेडर्ल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबिच सम्झौता भयो ।
माछापुच्छ्रे बैंक लिमिटेड र हङ्गकङ्गस्थित एसएमए इन्टरनेसनल बिच रेमिट्यान्स सम्झौता भयो ।
मुक्तिनाथ विकास बैंक लिमिटेड र रिद्धि सिद्धिज्वेलर्स, न्युरोड काठमाडौंबीच सम्झौता भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल लिमिटेड, सानेपाबिच सम्झौता भयो ।
एनएमबि बैंकले NCHRC -Nepal Cancer Hospital and Research Center सँग सम्झौता गर्यो ।
मेगा बैंक नेपाल लिमिटेड र रिलायन्स लाइफ इन्ःयोरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भयो ।
अन्य
मेनेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरिएको पाँच दिने बैंकिङ ट्रेनिङ विहीबार सम्पन्न भयो ।
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो पहिलो दावी भुक्तानी गर्यो ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसिसि)ले आवेदन दिएको सात महिनापछि हकप्रद निष्कासनको अनुमति पायो ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले नयाँ कर्मचारीलाई आधारभूत लघुवित्त व्यवस्थापन तालिम प्रदान गर्यो ।