Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी छैन : नरबहादुर थापा

२०७५ असार २१ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी नभएको बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै थापाले आठ प्रतिशतको वृद्धिदर हासिल गर्न कुनै समस्या नरहेको बताए । ‘दुई वर्षदेखि मुलुकले निरन्तर छ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ,’ उनले भने, ‘यसपाली १२।१३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अवस्था रहेको छ ।’

आर्थिक वृद्धिको सम्भावना हुँदाहुँदै पनि यो वृद्धिदर कायम राख्ने चुनौति भने थपिएको थापाले बताए । त्यस्तै, वित्तीय क्षेत्र र राष्ट्रिय अर्थतन्त्रलाई जोड्ने, व्यापार घाटा कम गर्ने लगायतका चुनौतीहरु पनि रहेको उनले बताए । कर्जा आपूर्तिको तुलनामा माग बढि भएका कारण देखिएको तरलता एवम् व्याजदरको समस्या समाधान गर्नुपर्ने चुनौति पनि राष्ट्र बैंक सामू रहेको उनले उल्लेख गरे ।

मौद्रिक नीतिमा विग मर्जरको विषय भने नसमेटिने भएको छ । थापाले विग मर्जरका लागि अहिले उपयुक्त समय नभएको बताए । अहिले राष्ट्र बैंकको ध्यान पुँजीवृद्धि योजनालाई व्यवस्थित रुपमा समापन गर्नेतर्फ मात्रै भएको बताउँदै उनले यसपालीको मौद्रिक नीतिमा बिग मर्जरको विषय नसमेटिने प्रष्ट पारे । 

कार्यक्रममा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका सीईओ मिन बहादुर बोहोराले लघुवित्तहरुलाई कष्ट अफ फण्डका आधारमा होलसेलमा कर्जा उपलब्ध गराउनुपर्ने तथा माइक्रोफाइनान्सहरुले गरेका कामहरुको बारेमा अध्ययन गरिनुपर्ने लगायतका माग राखे ।

Ad