Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन वटा बीमा कम्पनीमा रोजगारीको अवसर, छानीछानी दिनुहोस् आवेदन

२०७५ असार २० गते

बैंकिङ खबर । तीन वटा बीमा कम्पनीमा विभिन्न पदका लागि  जागीर खुलेको छ । युनियन लाइफ इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले कर्मचारी मागेका छन् । 

युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना विभिन्न शाखा तथा उपशाखाहरुका लागि एसिस्टेन्टदेखि मेनेजरसम्म विभिन्न तहमा कर्मचारी माग गरेको छ । कम्पनीले एमबिए गरेका अथवा कुनै पनि विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरुबाट दरखास्त आह्वान गरेको छ । सम्बन्धित क्षेत्रका अनुभवीलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

आईएमई जनरल इन्स्योरेन्सले एक जना आईटी हेड मागेको छ । बीमासम्बन्धी सफ्टवेरको प्रयोग, डाटाबेस मेनेजमेन्ट सिस्टमबारे जानकारी लगायतका योग्यता भएका नेपाली नागरिकलाई जागीरका लागि एप्लाई गर्न आह्वान गरिएको छ । आवेदन दिने म्याद ५ जुलाई अर्थात असार २१ गतेसम्म रहेको छ । आवेदन ईमेलबाट दिनुपर्नेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले बजार प्रबन्धक/सहायक बजार प्रबन्धक, बजार अधिकृत र बजार तथा अण्डरराईटिङ सहायक पदमा कर्मचारी मागेको छ । सबै पदका लागि स्नातक उतीर्ण कर्मचारी मागिएको छ ।

Ad