Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आईपिओ जारी गर्ने तयारीमा रहेको पुनर्बिमा कम्पनीले बोनस पनि बाँड्ने

२०७५ असार १७ गते

बैंकिङ खबर । आईपिओ जारी गर्ने तयारीमा रहेको नेपाल पुनर्बिमा कमपनीले बोनस सेयर पनि वितरण गर्ने भएको छ । कम्पनीले आईपिओ खरिदका लागि सर्वसाधारणलाई आकर्षित गर्ने उद्देश्यले आईपिओपछि बोनस वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनी ऐन अनुसार पब्लिक कम्पनीहरुले अनिवार्य साधारण सेयर जारी गर्नुपर्ने व्यवस्था अनुसार नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब २८ करोड रुपैयाँको साधारण सेयर (आईपिओ) जारी गर्दैछ । गत चैत ३० गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गरेर आठ अर्ब कायम गर्ने र सो पूँजीको १६ प्रतिशत पूँजीको साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । आईपिओ पश्चात लगानीकर्तालाई आकर्षित गर्न एक अर्ब रुपैयाँको बोनस बाँडेर कम्पनीले नौ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने जनाएको छ । 

कम्पनीको हाल चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ रहेको छ । एक अर्ब २८ करोड रुपैयाँको साधारण सेयर पश्चात कम्पनीले पूँजी आठ अर्ब कायम हुनेछ । जसमा १६ प्रतिशत सर्वसाधारणको हिस्सा रहनेछ भने सरकारको सेयर हिस्सा सात प्रतिशत घटेर ३६.५ र अन्य ३२ वटा कम्पनीको सेयर ९ प्रतिशत घटेर ४७.५ प्रतिशत हिस्सा कायम हुनेछ । हाल रहेको पाँच अर्ब पूँजीमा सरकारको स्वामित्व ४३.५५ प्रतिशत र ३२ वटा संस्थाहरुको हिस्सा ५६.४५ प्रतिशत छ । तर आठ अर्ब पूँजीको साधारण सेयर बाहेकको ६ अर्ब ७२ करोड पूँजी (८४ प्रतिशत) रकममा भने सरकारको ४३.५५ प्रतिशत र ३२ वटा कम्पनीहरुको ५६.४५ प्रतिशत नै सेयर स्वामित्व कायम कायम हुनेछ । जसअनुसार सरकारको लगानी २ अर्ब ९२ करोड र ३२ वटा कम्पनीको लगानी ३ अर्ब ८० करोड हुनेछ ।

कम्पनीले बढाउन लागेको तीन अर्ब पूँजी मध्ये संस्थापक संगठित संस्थाहरुले एक अर्ब ७२ करोड रुपैयाँको लागि प्रतिबद्धता दिनुपर्नेछ । सो रकम नियामक निकाय तथा सञ्चालक समितिको स्वीकृति सहित ४५ दिनभित्र प्रतिवद्धता पेश गर्न कम्पनीले आह्वान गरेको छ ।