बैंकिङ खबर । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर अभियोगमा चार जनालाई पक्राउ गरेको छ । सामुदायिक लघुवित्त वित्तिय संस्था काभ्रेको संचालक समिती र तत्कालिन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा ऋण दुरुपयोग अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा संस्थाका सञ्चालक समिति अध्यक्ष हिरा बिश्वकर्मा, सञ्चालक चण्डेश्वरी प्रधान, सञ्चालक बटुकृष्ण कार्की र तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्वयम्भू राम जोशी रहेका छन् ।
जोशीको आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृतिबिना नै गुडविलका रुपमा साढे दुई करोड रुपैयाँ प्रवाह गरेको भेटिएको छ । त्यस्तै, उनले राष्ट्र बैकको नीति निर्देशन तथा ऐन कानुन बिपरीत तलब भत्ता लगायतको बिभिन्न शिर्षकमा आफु खुसी सात लाख ४४ हजारभन्दा बढि भुक्तानी लिएको पनि प्रहरीको आरोप छ ।