Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा लाईफ इन्स्योरेन्स र नेपाल मेडिसिटि अस्पतालबीच सम्झौता

२०७५ असार १३ गते

सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता भएको छ । जीवन बीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पतालले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने भएको छ ।

नेपाल मेडिसिटि अस्पताल, भैंसीपाटीमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी ले हस्ताक्षर गरे ।  सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्सुरेन्स कम्पनिका ग्राहक र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने गरी सम्झौता भएको हो । 

नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले सानिमा लाईफ इन्सुरेन्सको माध्यमबाट क्यासलेस स्वास्थ्य परिक्षण गराउन पाएकोमा खुशी व्यक्त गरे । 

आफ्ना ग्राहकहरु र कर्मचारीहरुको स्वास्थ्यको लागि विभिन्न योजनाहरु ल्याउनु साथै अस्पतालसँग निरन्तर काम गर्ने अपेक्षा रहेको कम्पनीका नायव महाप्रबन्धक केशव राज के.सी ले बताए ।