बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र २०८० खरिद गर्नका लागि वैदेशिक राजेगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासिय नेपालीहरुलाई आह्वान गरेको छ । कुृल २५ करोड रुपैयाँको बचतपत्र विक्री गर्न लागेको राष्ट्र बैंकले प्रत्येक छ महिनामा व्याज भुक्तानी हुने सुविधा सहित १० प्रतिशत व्याज प्रदान गरेको छ ।
मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा घटीमा पाँच हजार रुपैयाँ र बढीमा रु. पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्ने यो बचतपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन पनि सकिने व्यवस्था छ । आप्mनो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिन चाहेमा आप्mनो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्न सकिने छ ।
बचतपत्रमा असार १ गतेदेखि नै आवेदन खुला गरिएको छ भने २१ गतेसम्म खुला रहनेछ । सम्पूर्ण आवेदन संकलन गरिसकेपछि राष्ट्र बैंकले असार २७ गते बचतपत्र निष्काशन गर्नेछ भने २०८० असार २७ गते सावाँ फिर्ता गर्नेछ ।



