Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उपत्यकाभित्र मुक्तिनाथ विकास बैंकको शाखा १० पुग्यो, छिटै पाँच थपिँदै 

२०७५ असार १० गते

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौँ महानगरपालिका वडा नं.१६, माछापोखरीमा आफ्नो शाखा खकार्यालय विस्तार गरेको छ ।

उक्त शाखा ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) लेसंयुक्त रुपमा समुद्घाटन गरे । 

शाखा कार्यालय समुद्घाटन गर्दै स्वामी आनन्दले मुक्तिनाथ विकास बैंकले प्रदान गरिरहेका सेवाहरुमा आर्थिक विकासका साथै सामाजिक, भौतिक, आध्यात्मिक तथा पर्यावरणको पनि विकास गर्नमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको कामना गरे । 

नेपाल होटल व्यवसायी संघका अध्यक्ष अमर दाहालले यो विकास बैंकले बसपार्क क्षेत्रलाई लक्षित गरी हामीलाई अझै नजिकबाट सेवाप्रदानगर्न आएकोमा स्वागत गर्दै बैंकको प्रगतिको कामना गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । उनले यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए । साथमा बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । 

त्यस्तै, बैंक संचालक समितिका अध्यक्ष्य खिम प्रकाश मल्लले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । 

मुक्तिनाथ विकास बैंकको हालसम्म कुल ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् भने काठमाडौँ उपत्यकाभित्र महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आई सकेका छन् । साथै जोरपाटी, ठमेल, कोटेश्वर, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।

Ad