Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ व्यवसायको विकास र यसको महत्व

२०७५ असार १० गते

बैंकिङ खबर । बैंकिङ व्यवसाय भनेको वित्तीय मध्यस्थकर्ता हो । यसले निक्षेपकर्तासँग भएको बचतलाई सङकलन गरी पुँजीको निर्माण गरी ऋणको रुपमा ऋणी लाई उपलब्ध गराउँछ । जसले गर्दा अनुत्पादक रुपमा छरिएर रहेका सानो बचतलाई उत्पादनमुलक ठङ्गले परिचालन गरी आर्थिक विकासमा सहयोग गर्दछ । वित्तीय मध्यस्थकत्र्ताको बिषयमा चर्चा गर्दा बैंक, सहकारी संस्था, लगानी कम्पनी र बीमा कम्पनीहरुलाई लिनुपर्ने हुन्छ । तर यहाँ खासगरी  बैंकिङ व्यवसाय र यसको विकासका कारणहरुमा केन्द्रित भएर चर्चा गरिएको छ । जो निम्नानुसार रहेका छन । 

१. कारोबार लागत :
वित्तीय कारोबारलाई विधिवत् रुपमा सञ्चालन गर्न यसका कानुन प्रक्रिया तथा विधिहरु पुर्याउनु पर्दछ, जो अत्यन्त खर्चिलो हुन्छ । प्रत्येक कारोबार सञ्चालनमा अनिबार्य लागत पनि पर्दछ । सानो कारोबार झन बढी लागत हुन्छ, जुन खर्च ग्राहकसँगबाट असुली गरिन्छ । बैंकहरुले ठुलो परिणाममा कारोबार गर्ने तथा व्यवसायिकविशिष्टीकरण गर्ने हुदाँ सस्तो लागत पर्न गई कारोबार लागतमा कम हुन्छ । सञ्चालन लागत प्रत्येक व्यवसायको दिर्घायुको लागि अत्यन्त महत्वपुर्ण पक्ष हो ।  अर्कोतर्फ यसमा कानुनी प्रणालीले झन्झटिलो र खर्चिलो पनि बनाएको छ । नेपालमा अनौपचारिक वा प्रत्यक्ष वित्तीय कारोबार गैर कानुनी भनी घोषना समेत गरिएको छ । यसले गर्दा बैंकिङ व्यवसाय विकास वा वित्तीय मध्यस्थकर्ता अनिबार्य नै भएको देखिन्छ । 

२. जोखिम न्युनिकरण :
वित्तीय मध्यस्थाले ग्राहक, क्षेत्र, उद्यम,मुलधन तथा अवधि तगायतका विभिन्न कारोबारको आधारमा विविधिकरण गर्ने तथा विभिन्न मिश्रण मिलाएर कारोबार सञ्चालन गर्ने दक्षता र क्षमता राद्यने भएको कारणले जोखिमको न्यनिकरण हुन्छ । साथै उनीहरुसँग व्यवसायीक विशिष्टीकरण तथा जोखिम विभाजन गर्ने भागबन्डा गर्ने प्रक्रिया भएको पाईन्छ । जसले गर्दा सम्पति आपसमा हस्तान्तरण भई अधिक केन्द्रिकरणको जोखिम रहने सम्भावना निकै कम हुन्छ । तर प्रत्यक्ष वा सानो कारोबारमा यो कुराको सम्भावना ज्यादै न्युन हुन्छ । त्यसैले बैकिङ व्यवसाय वा वित्तीय मध्यस्थाकर्ताको विकास अनिवार्य नै भएको देखिन्छ । 

३. अविवेकी छनौट :
निर्णय प्रक्रियामा सुचनाको महत्वपुर्ण स्थान रहेको हुन्छ । निर्णयकर्तासँग सुचनाको अभाव भएको अवस्थामा निर्णय गलत हुन्छ । कर्जा ग्राहकको छनौटमा यस्तो समस्या भएमा भविष्यमा ऋण जोखिममा गर्ने अवस्था आउछ । यसलाई अविवेकी निर्णय पनि भनिन्छ । यो जोखिमबाट बचाउन वित्तीय संस्थाहरु बीच एक आपसमा निरन्तर कर्जा तथा वित्तीय सुचनाको आदनप्रदान हुन जरुरी ठानिन्छ । जसले वित्तीय निर्णय विवेकपुर्ण गराउन सहयोग गर्दछ । संस्थागत वित्तीय मध्यस्थताको विकासले यी यक्षहरुको संभावना रहने भएकाले, यसको विकास भएको पाइन्छ ।  

जोखिमसँग खेल्नेहरु कर्जा लिन ज्यादै मन पराउँछन् । उनीहरुले लिएको कर्जाबाट छुट्टै लाभ हासिल गर्न उच्च जोखिम भएका नैतिक तथा अनैतिक कार्यमा प्रयोग गर्दछन् । व्यवसायिक हानि हुना साथ द्यबलपचगउतअथ ाष्भि गर्न पनि तयार हुन्छन । जसले देशको सम्पुर्ण अर्थव्यवस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष नकरात्मक असर पर्छ । अनैतिक क्षेत्रको कर्जा यथासमयमा असुली नहुने सम्भावना प्रबल हुने भएकाले  अत्यन्त जोखिमपुर्ण ठानिन्छ । यस्ता क्षेत्रमा वित्तीय मध्यस्थकर्ताले कर्जा प्रवाह गर्दैनन् । यो बिषयलाई नियन्त्रण गर्न प्रत्यक्ष वित्तीय बारोबारमा असम्भव नै हुने हुँदा पनि वित्तीय मध्यस्थताको प्रचलन विकसित भएको पाइन्छ । ःयचब िजबशबचम खासगरी असल वित्तीय प्रणालीको शत्रु नै भएको हुँदा यसको नियन्त्रण अत्यन्त जरुरी हुन्छ । यो विषय वित्तीय मध्यस्थताको माध्यमबाट मात्र पुरा गर्न सकिन्छ । 

Ad