Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजारमा झन्डै चार करोड कित्ता हकप्रद सेयर आउँदै 

२०७५ असार १० गते

बैंकिङ खबर । सेयर बजारमा ३ करोड ६८ लाख २७ हजार ५ सय ४१.८५ कित्ता सेयर आउने भएका छन् । विभिन्न १३ वटा कम्पनीहरुले ३ अर्ब ६८ करोड २७ लाख ५४ हजार १ सय ८५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । यी कम्पनीहरुले हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ । हकप्रद बिक्री खुल्ला गर्ने मध्ये ५ वटा लघुवित्त, ५ वटा इन्सुरेन्स र ३ वटा फाइनान्स कम्पनी रहेका छन् । 

सबैभन्दा धेरै सेयर नेसनल लाइफ इन्सुरेन्स कम्पनीले ल्याउन लागेको छ । यस कम्पनीले ९९ करोड ३६ लाख ४७ हजार ७ सय ५० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४ सय ७७.५० कित्ता  हकप्रद सेयर बिक्री गर्ने भएको छ । बोर्डका अनुसार प्रभु इन्सुरेन्सले गत शुक्रबारदेखि साउन १० गतेसम्म सेयरको विक्री खुल्ला गरेको छ । यस कम्पनीले ३१ लाख ६६ हजार ६ सय ७७.६३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ ।  

सिद्धार्थ इन्सुरेन्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले असार १७ देखि साउन २० सम्म हकप्रद सेयर बिक्री खुल्ला गर्न लागेका छन् । त्यसैगरी, सिनर्जी फाइनान्सले असार २५ देखि हकप्रद सेयरको विक्री खुल्ला गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय अनुसार यी कम्पनीहरुले धमाधम सेयर निष्काशन गरिरहेको छन् । 

राष्ट्र बैंकले वाणिज्य बैंकलाई ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ र राष्ट्रिय स्तरको फाइनान्स कम्पनीलाई ८० करोड रुपैयाँ चँुक्ता पुँजी पु¥याउन निर्देशन दिएको थियो । त्यसैगरी, बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले पूँजी वृद्धिको उपकरणको रुपमा हकप्रद सेयरलाई बनाएपछि बजारमा अर्वौ रुपैयाँको हकप्रद सेयर थपिन लागेका हुन् ।

Ad