Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कञ्चनपूरको महेन्द्रनगरमा वित्तीय जागरण हुँदै

२०७५ जेष्ठ २७ गते

बैंकिङ खबर । प्रदेश नं. ७ स्थित कञ्चनपूर जिल्लाको महेन्द्रनगरमा 'वित्तीय जागरण : राष्ट्रिय अभियान' कार्यक्रम संचालन हुने भएको छ । जेठ २९ गते मंगलबार उक्त कार्यक्रम संचालन हुन लागेको हो । 

देशव्यापी रुपमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले मिडिया इन्टरनेशनलले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको छ भने बीमा समितिले सहकार्य गरेको छ । आम नागरिकमाझ बैंक र बीमा सम्बन्धी सूचना प्रवाह गरी जागरण ल्याउने अधियान स्वरुप उक्त कार्यक्रमको आयोजना गर्न लागेको मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले बताए ।

कार्यक्रममा प्रदेश नं. ७ का विभिन्न जिल्लाबाट बैंकर्स, उद्यमी, मेनेजमेन्ट संकायका विद्यार्थी लगायतको उपस्थिती रहनेछ ।

Ad