बैंकिङ खबर । यो साता केही बैंकहरुले नयाँ निक्षेप योजनाहरु सार्वजनिक गरे । लुम्बिनी विकास बैंकले नयाँ सीईओ नियुक्त गर्यो । शाखा तथा सेवा विस्तार र संस्थागत सामाजिक उत्तरदायिात्व अन्तगर्तका कार्यक्रममा पनि बैंकहरु अग्रसर देखिए । समग्रमा साताभरका टप बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :
एनआईसी एशिया बैंकको अर्को ऋणपत्र
एनआईसी एशिया बैंक लिमिटेडले रु.१,००० अंकित दरका १८,३०,००० कित्ताले हुन आउने रु.१ अर्ब ८३ करोड रुपंैयाँ बराबरको“११५एनआईसी एशिया ऋणपत्र २०८२र८३” निष्काशनको निमित्त नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गर्यो । रु.१ अर्ब ८३ करोड बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याजदरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।
माथिल्लो दरौँदीमा तीन बैंकको लगानी
कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रालिले प्रवद्र्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भयो । आयोजनामा जनता बैंक नेपाल लिमिटेडको नेतृत्वमा कुमारी बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले एक अर्ब ३४ करोड ८० लाख रुपैयाँ परियोजना कर्जा प्रदान गर्ने भएका छन् । आयोजनाको निर्माण लागत एक अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिशत रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने भएका हुन् ।
पहिलो पटक मर्चेन्ट बैंकको आईपिओ
सिबिआइएल क्यापिटल लिमिटेडले प्राथमिक सेयर निष्काशनका लागि नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दियो । पहिलोपटक मर्चेन्ट बैंकको साधारण सेयर निष्काशन हुने भएको हो । सिबिआइएलले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता प्राथमिक सेयर निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
लुम्बिनी विकास बैंकको सीईओमा बोहरा
लुम्बिनी विकास बैंक लिमिटेडले प्रमखु कार्यकारी अधिकृत (सीईओ)मा नरेश सिंह बोहरालाई नियुक्त गर्यो । बैंकको बुधबार (जेठ २३ गते) बसेको संचालक समितिको ३०३औँ वैठकले बैंकको सीईओमा बोहरालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
मेगा बैंकको दुई नयाँ बचत खाता योजना
मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना ल्यायो ।
न्यूनतम ५ हजार रुपैँयामै खोल्न सकिने ‘मेगा जीवन साथी बचत खाता’ योजनामा त्रैमासिक रुपमा भुक्तानी हुने गरी बार्षिक ७ प्रतिशत ब्याज पाइनेछ । त्यस्तै, दैनिक ८ प्रतिशत ब्याज पाइने ‘मेगा स्वर्णिम बचत खाता’ योजनामा पाँच हजार रुपैँयामै खोल्न सकिनेछ । यो खाता खोलेर त्रैमासिक रुपमा १० लाख रुपैँया बचत गर्ने ग्राहकहरुलाई बैंकका कर्मचारीले घरदैलोमै पुगेर सुविधा प्रदान गर्नेछन् ।
गरिमा विकास बैंकको नयाँ योजना
“सर्वोच्च सम्पत्ति सुखी दम्पति”भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले “गरिमा दम्पति बचत खाता”संचालनमा ल्यायो । गरिमा विकास बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन् ।
सिटिजन्स बैंकको भिषा कार्डमा थ्रिडी सेक्योर प्रविधि
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेटमा कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने आफ्ना ग्राहकहरुको लागि भिषा थ्रिडी सेक्योर प्रविधि सञ्चालनमा ल्यायो । भिषा कार्ड इन्टरनेसनलको “भेरिफाइड बाई भिषा”मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहनेछ । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्, जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुनेछ । बैंकमा डलर खाता भएका ग्राहकहरुले बैकमा विश्वका कुनै पनि स्थानमा र नेपाली रुपैयाँमा खाता भएका ग्राहकहरुले नेपाल र भारतमा डेविट एवं क्रडिट कार्ड मार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् ।
शाखा तथा सेवा विस्तार
गरिमा विकास बैंक लिमिटेडले झापाको विर्तामोड, बुधबारे र बनियानी तथा मोरङ्गको विराटचोक शाखाको उद्घाटन गर्यो ।
प्रभु बैंकले ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका १ र धनुषा जिल्लाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा नयाँ शाखा विस्तार गर्यो ।
मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गर्यो ।
ज्योति विकास बैंकले काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालय पेप्सिकोला, नेपालटार र उपत्यका बाहिरको शाखा कार्यालय विराटनगरबाट एटिएम सेवा संचालनमा ल्यायो ।
ग्लोबल आइएमई बैंकले मकवानपुर जिल्लाको थाहा नगरपालिका – ९, चित्लाङ्ग र मकवानपुरगढी गाँउपालिका – ५, धादिङ्ग बजारमा शाखारहित बैकिङ्ग सेवा सुरु गर्यो ।
कामना सेवा विकास बैंक लिमिटेडले दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका ५, वि.पि चोक, मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका ४, पारिजात रोडमा र बैजनाथ गाउपालिका ५, जी गाउँमा नयाँ शाखा विस्तार गर्यो ।
लक्ष्मी बैंकले बाराको कलैयामा आफ्नो नयाँ शाखा संचालनमा ल्यायो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १९० औं शाखा कार्यालय अर्जुनचौपारीमा स्थापना गर्यो ।
नेपाल बैक लिमिटेडले काठमाडौको महाराजगन्ज ,कोटेश्वर र जोरपाटीमा शाखाहरु स्थापना गर्यो ।
जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोबार सुरु गर्यो ।
मुगु जिल्लाको गमगढीमा कृषि विकास बैंक लि.मा अनलाईन बैकिङ्गको शुभारम्भ गरियो ।
सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीस्थित बुटवल शाखाको विधिवत् उद्घाटन गर्यो ।
संस्थागत सामाजिक उत्तरदायित्व
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री बालबिनोद माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गरायो ।
विश्व वातावरण दिवसको हवसर पारेर एनआईसी एशिया बैंक, सिटिजन्स बैंक, कुमारी बैंक लगायतले वृक्षारोपण कार्यक्रम सम्पन्न गरे ।
कृषि विकास बैंक लिमिटेडको छिन्छु उपशाखाको पूर्ण सक्रियतामा नेपाल राष्ट्रिय आधारभुत विद्यालय तल्लो थानीचौर छिन्चुका लागि नवनिर्मित खानेपानी ट्यांकीको समुदघाटन तथा हस्तान्तरण गरियो ।
सम्झौता
ग्लोबल आइएमई बैंक लि. र स्टार अस्पताल प्रा.ली.बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भयो ।
कन्काई विकास बैंकले एलआईसी नेपालसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले मुक्तिनाथ बिकास बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गर्यो ।
अन्य
चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष ०७५र०७६ को बजेट तर्जुमा गोष्ठी सम्पन्न गर्यो ।