Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कन्काई विकास बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

२०७५ जेष्ठ २५ गते

कन्काई विकास बैंकले एलआईसी नेपालसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य र एलआईसी नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले झापाको दमकमा आयोजित एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सबै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए ।

कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत दस्तिदारले एलआईसी नेपालको उच्चतम वोनस दर र उत्कृष्ट ग्राहक सेवाको कारण आम नागरिकहरुले यस कम्पनीको योजनाहरु लिने गरेको बताए ।