Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

२०७५ जेष्ठ २१ गते

मेगा बैंक नेपाल लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।