Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीहरुले लघुबीमा कारोबार १० प्रतिशत पुर्याउनुपर्ने

२०७५ जेष्ठ १६ गते

बैंकिङ खबर । बीमा कम्पनीहरुले आफ्नो कुल बीमा कारोबारमध्ये लघु बीमाको कारोबार कम्तीमा १० प्रतिशत पुर्याउने व्यवस्था गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दुई वर्षभित्रमा बीमा कम्पनीहरुले आफ्नो कुल बीमा कारोबारमध्ये लघु बीमाको कारोबार कम्तीमा १० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था गरिने बताएका छन् ।

बजेटमार्फत साना निक्षेपकर्ताको निक्षेपको अनिवार्य बीमा सीमा बढाइएको छ । यस्तो सीमा तीन लाख रुपैयाँ पुर्याइने भएको छ । त्यस्तै, धितोरहित प्रवाह गरिने साना कर्जा सुरक्षण गर्ने रकमको सीमा पनि बढाएर १० लाख रुपैयाँ पुर्याइएको छ ।