Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सको मुनाफा ५ करोड ९० लाख

२०७३ जेष्ठ ४ गते

metlifeनिजि क्षेत्रको जीवन बिमा कम्पनी मेट लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष ९ महिनामा ५ करोड ९० लाख रुपैयाँँ खुद मुनाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा ३.५० प्रतिशतले बढी नाफा कमाएको हो । गत वर्षको सो अवधिमा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ मुनाफा कमाएको थियो । 

मेट लाईफको जीवन बिमा कोषमा ६० करोड ८६ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानी १८.४७ प्रतिशतले बढेर १० करोड ९७ लाख रुपैयाँ पुगेको छ भने खर्च ४७.०५ प्रतिशतले बढेर ५ करोड ७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले बीमा शुल्क (खुद)वापत १ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ भने ७३ करोड ५४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (खुद) गरेको छ ।