Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा लाईफ इन्स्योरेन्स र गैर आवासीय नेपाली संघबीच सम्झौता

२०७५ जेष्ठ ७ गते

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैर आवासीय नेपाली संघवीच संस्थाका विश्वभरका सदस्यहरुलाई सुलभ रुपमा आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा NRNA का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, NRNA का Vice president सपीला राजभण्डारी, NRN NCC Russia का Patron खेमराज लामिछाने लगायतको उपस्थीति रहेको थियो ।