Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा लाईफ इन्स्योरेन्सको शाखा ललितपुरको लगनखेलमा

२०७५ बैशाख २७ गते

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले ललितपूरको  लगनखेलमा नयाँ शाखाको विधिवत उद्घाटन गरेको छ । बुधबार (वैशाख २६ गते) उक्त शाखाको विधिवत उद्घाटन गरिएको हो । 

आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरी प्रचार प्रसारको माध्यमबाट सर्वसाधारणमा बीमा चेतना जगाई धेरैभन्दा धेरै नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याउने र अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदानगर्ने उद्देश्यले उक्त शाखा विस्तार गरेको कम्पनीले जनाएको छ ।

शाखा उद्घाटन समारोहमा कम्पनीका संचालक घनश्याम थापा, संचालक बद्रीबिशाल घिमिरे, सद्भावनादुत कलाकार जीतु नेपाल, स्वस्तिमा खड्का, कम्पनीका नायव महाप्रबन्धक केशव राज के.सी, मुख्य प्रबन्धक गणेश चौलागाईँ, प्रमुख वित्त अधिकृत आर्यक रन्जन बराल, वरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा लगायत स्थानीयको समेत सहभागीता रहेको थियो ।